Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धरानमा ग्ल्यामर फोटोसेसन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, ग्ल्यामर फोटोग्राफीमा २५ वर्षदेखि क्रियाशील चर्चित ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले गत सोमबार पहिलोपल्ट धरान आएर ग्ल्यामर फोटोसेसन गरेका छन्।

धरानको नाम एकदमै सुनेको र थुप्रै धराने सुन्दरीहरुको फोटोसुट गरिसकेका उनलाई धरानमै आएर फोटोसुट गर्ने ठूलो रहर थियो। उनको यस चाहनालाई भिभासीटी म्यागेजिनले पूरा गरिदिएको हो। उनी आप्mना क्रु–मेम्बर र भिभासीटीका क्रियटिभ डाइरेक्टर अरुण खन्ना, सुबानी, सुप्रिया र मेकअप आर्टिष्ट सोफीका साथ धरान आएका थिए।

श्रेष्ठले धरानका निर्वाणा कन्ट्री क्लब, भानुचौक, विजयपुर र भेडेटारमा मिस पूर्वाञ्चल २०१२ अस्मिता गुरुङ र फस्ट रनर अप हिना श्रेष्ठसँगै न्युकमर एलिना चोङ्बाङ र पूजा लिम्बूको फोटोसुट गरेका थिए।

दुईदिने फोटोसुटमा फोटोग्राफर श्रेष्ठसँगै उनका सबै क्रु–मेम्बरहरु अत्यन्त उत्साहित देखिन्थे। धरान र भेडेटारको फोटोसुटले अभैm चित्त नबुझेकोले धरानमा नयाँ मोडलहरुको फोटोसुट गर्न पुनः आउने उनको चाहना छ। आगामी असोजमा हुने फेशन शोमा आएका बेला फोटोसुट गर्ने उनको योजना छ।

यहाँका सुन्दरीहरु मात्र नभएर प्राकृतिक सौन्दर्यमा समेत मोहित फोटोग्राफर श्रेष्ठ सम्भव भएसम्म वर्षमा एकपटक धरान आउने बताउँछन्। कलिउड र बलिउडसँग समेत नजिक रहेका उनी धरानलाई फिल्मसीटीको रुपमा समेत निर्माण गर्न सकिने बताउँछन्। आपूmले चिनेका हरेक निर्माता, निर्देशकहरुलाई अब धरानमा छायाङ्कन गर्न जाने सल्लाह दिने बताउँदै श्रेष्ठ भन्छन्, ‘यसका लागि धरानलाई फिल्मसीटीको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा अध्ययन गरेर प्रचार–प्रसार गरी अगाडि बढ्न भने जरुरी छ।’

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by