Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

महानिर्देशनालय बन्नै पर्ने पौडेलको दावी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ भदौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले माओवादी लडाकुको समायोजनको संख्याले महानिर्देशनालय गठनमा कुनै असर नपर्ने दावी गरेका छन्।

रिपोर्टर्स क्लबले काठमाडौंमा गरेको कार्यक्रममा उनले महानिर्देशनालय गठन गर्ने विषयमा पहिला नै दलहरुबीच सहमति भईसकेकोले अहिले समायोजनमा जानेको संख्या कम हुँदैमा महानिर्देशनालय हुँदैन भन्ने कुरा नै गलत भएको बताए।

साक्षात्कारमा उहाँले भने- ‘समायोजन र भर्ना प्रक्रिया फरक हुन्छ। महानिर्देशनालय नबनाउने हो भने त्यो भर्ना भन्दा केही हुँदैन । त्यो हामीलाई मान्य छैन।’

उनले राजनीतिक निकासको लागि प्रधानमन्त्रीले माग्रप्रसस्त गर्न तयार रहेपनि सहमति नभै सरकार नछोड्ने दोहो¥याए।

दलहरुवीच संविधानका विवादित विषयमा सहमति भए छोटो समयका लागि संविधान पुनःस्थापना गर्न सकिने भन्दै पौडेलले सहमति भए निर्वाचन वा पुनःस्थापना दुबै विकल्पमा माओवादी तयार रहेको बताए।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले संविधानसभा पुनःस्थापना भए लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको अपमान हुने बताए। उनले असफल भइसकेको संविधानसभा त्यही रुपमा पुनःस्थापना हुनै नसक्ने बताए। केसीले मुलुकको अस्तित्व समाप्त गर्ने भए मात्रै संविधानसभाको पुनःस्थापना गर्न सुझाव दिए।

एमाले नेता भीम रावलले संविधानसभाको पुनःस्थापनाको कुरा छोडेर नयाँ चुनाबमा जानुपर्ने बताए। उनले राष्ट्रपति मार्फत बाधा अडकाउ फुकाएर संविधानसभाको नयाँ निर्वाचन गर्नुको विकल्प नभएको बताए। लोकतन्त्रमा नागरिकको मत भन्दा ठूलो केही नहुने भन्दै संविधानसभाको पुनःस्थापनाले नागरिकको अपमान गर्ने चेतावनी उनले दिए । असफल भइसकेको संविधानसभा त्यही रुपमा पुनःस्थापना हुन नसक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो ‘चार वर्षमा केही गर्न नसकेको संविधानसभाले तीन दिनमा के गर्ला?’

माओवादी र मोर्चा समेत फुटिसकेको अवस्था बहुमत गुमाएका प्रधानमन्त्रीलाई सत्तामा बसिरहने हैसियत नभएको उनले बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by