Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चौथो मिसेस तीज ट्यालेण्ट कण्टेष्टको उपाधि सुनितालाई

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २३ भदौ। चौथो मिसेस तीज ट्यालेण्ट कण्टेष्ट २०६९ को उपाधि सुनिता थापा महर्जनले जितेकी छन्।

तस्विर: उमेश पुन / एचकेनेपाल डट कम

पोखरा सभागृह हलमा शुक्रबार भएको फाईनल चरणमा १८ प्रतिष्पर्धीलाई पछि पार्दै थापाले उपाधि जितेकी हुन्। उपाधिसहित थापाले नगद १० हजारको साथमा गिफ्ट ह्याम्परहरु समेत पाईन्।

मिसेस तिज थापालाई २०६८ का मिसेस तिजका विजेता रोजी श्रेष्ठले ताज पहिराएकी हुन् भने बिभिन्न गिफ्ट ह्याम्पर राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालका अध्यक्ष मिना गुरुङले प्रदान गरेकी थिइन्।

फाईनल चरणमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको लागि पोखरेलीहरुको कस्तो भूमिका हुनु पर्दछ? भनी सोधेको प्रश्नमा मिसेस थापाले जातीय विभेद अन्य गरी सवै एक भइ साझा सवालमा सरकारलाई दवाव दिनु पर्ने बताएकी थिईन्।

प्रतियोगितामा फष्ट रनरअपमा आशा खत्री पहारी घोषित हुदै नगद ७ हजार, सेकेण्ड रनर अप हुदै निर्मला थापाले ५ हजार र दर्शक छनौटमा राधीका गुरुङ घोषित भईन्। राधीकाले ३ हजारको साथमा गिफ्ट ह्याम्पर पाइन्।

प्रमुख निर्णायकमा रेडियो अन्नूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ त्यसै गरी अन्य निर्णायकमा लोकगायिका तथा संचारकर्मी शान्ती गुरुङ, युनियनका केन्द्रीय उपाध्यक्ष आरती गुरुङ, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष सीता गुरुङ, युनियनका जिल्ला अध्यक्ष सुमन गुरुङ रहेका थिए।

हिन्दू महिलाको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजनामा उक्त प्रतियोगिता विगत ३ बर्षदेखि संचालन हुदै आएको छ।

तीजमा दिदीबहिनीहरुले आफ्नो कथा, ब्यथा र दुखेसो मात्र नपोखी आफूले जानेका र बुझेका कुराहलाई प्रस्तुत गर्न प्लेटफर्मको रुपमा विवाहित महिलाहरुको लागि उक्त प्रतियोगिता आयोजना गर्दै आएको यूनियनका केन्द्रीय अध्यक्ष गुरुङले बताईन्। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा पूर्व स्थानीय विकास मन्त्री उर्मिला अर्यालले कार्यक्रमको उद्घाटन गरेकी थिइन्।

प्रमुख प्रायोजक गोर्खा एण्ड बराह ज्वलर्सका प्रबन्ध निर्देशक हरि धमलाले महिलाहरुको विकासको लागि आफूहरुले प्रायोजन गरेको बताउदै आगामी दिनमा समेत सहयोग गर्ने बताए। राष्ट्रिय सौन्दर्यकर्मी यूनियनले अघिल्ला ३ वर्षसम्म विशेषगरी ब्यूटीसियन महिलालाई मात्र यस प्रतियोगितामा सहभागी गराउँदै आएकोमा यस वर्षदेखि कुनै पनि पेसामा संलग्न महिलालाई समेत अवसर दिएको कार्यक्रम संयोजक देबी गुरुङले बताईन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by