Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पीडित बालिकालाई बेलायतबाट सहयोग

डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ /एचकेनेपाल डट कम-
काठमाडौं, शरीरमा रगत नबन्ने (आइटीपी) रोगको महँगो र जटिल उपचार गराइरहेकी बर्दियाकी १२ वर्षीया बालिका सरिता डिसीको उपचारका लागि बेलायतको आस्फोर्डस्थित एसविइ कम्पनिमा कार्यारत नेपालीहरुले रु.१ लाख २८ हजार नगद सहयोग गरेकाछन्।

सो कम्पनीमा काम गर्ने धरान निवासी विश्वास राई, निता गुरुङ, मिन थापा र गणेश इजमको अगुवाइमा त्यहाँ कार्यरत नेपालीहरुले रकम संकलन गरेर पठाएका हुन्।

काठमाडौं रातोपुलमा बस्दै आएकी सरिता र उनकी आमा इन्द्रा डीसीलाई उनकै डेरामा पुगेर बेलायतका रकम संकलकहरुको तर्फबाट पत्रकार डम्बरकृष्ण श्रेष्ठ र रजन जोशीले रकमको चेक हस्तारन्तरण गरेका हुन्।

नेपाल टेलिभिजनको ‘उज्यालोतिर’ कार्यक्रममा प्रसारित समाचारको यु ट्युव भिडियो हेरेर उक्त रकम संकलन गरिएको बेलायतबाट गणेश इजमले बताए।

विदेशमा बस्ने नेपालीले संकलन गरि पठाएको रकमले नै अहिलेसम्म छोरीको ज्यान बचेको र थप सहयोगको समेत यसै गरि प्राप्त हुने आशा रहेको आमा इन्द्राले बताईन्।

खातामा ४२ लाख, उपचार अभाव
सरिता डीसीको उपचारका लागि देश विदेशबाट रु. ४२ लाख संकलन भइसकेपनि भरपर्दो उपचार भने पाउन सकेकी छैनन्।

सरितालाई बचाउन कान्ति बाल अस्पताल काठमाडौंमा महँगो रकम तिरेर रगत दिइदै आएको उनकी आमाले बताईन् । उनले भनिन “मासिक रु. १ लाख भन्दा बढी उपचारमा खर्च हुन्छ।” सरिताको नाममा महाराजगञ्जस्थित हिमालयन बैंकको खाता नं ००२०३६९०८२००१९ मार्फत जसले पनि सहयोग गर्न सक्छन्।

खातामा ४२ लाख रुपैयाँ जम्मा भैसके पनि छोरीको उपचार खर्च कति लाग्छ भन्ने निश्चित नहुदा सहयोग जुटाइरहेको इन्द्रा बताउँछिन्। डाक्टरहरुले समेत यो रोग कसरी पूर्ण रुपमा निको हुन्छ भन्न सकिरहेका छैनन्। छोरीलाई कहाँ लगेर उपचार गर्ने भन्ने थाहा नहुदा सरिताकी आमा अहिले अन्यौलमा छिन्। विगत तीन बर्षयता उनको उपचारमा हालसम्म १५ लाख भन्दा बढि खर्च भैसकेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by