एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २१ भदौ । अमेरिकी सरकारले आतंककारीको सूचिमा राखेको एकीकृत माओवादी पार्टीलाई विहीवारदेखि हटाएको छ।
यूएस डिपार्टमेन्ट अफ दी ट्रेडरीले औपचारिक जानकारी दिदै एमाओवादी पार्टीलाई आतंककारी सूचिबाट हटाएको हो।
एमाओवादी शान्ति प्रक्रियामा आएलगत्तै सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आंतककारी सूचीबाट हटाउन बारम्बार आग्रह गरेका थिए। काठमाडौंस्थित अमेरिकी सेन्टरमा आक्रमण गरेपछि रुष्ट बनेको अमेरिकाले सन् २००४ देखि एमाओवादी पार्टीलाई आतंककारी घोषित गर्दै आतंककारीको सूचीमा सूचीकृत गर्दै आएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b