Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ताला फोरेर भए पनि अनुगमन हुन्छः आपूर्ति सचिव

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ भदौ । बाणिज्य तथा आपूर्ति सचिव लालमणी जोसीले बजारमा कृत्तिम अभाव सृजना गरेर मुल्यबृद्धि गर्ने ठूला ब्यापारी र उद्योगीहरुको गोदामको ताल फोरेर भए पनि अनुगमन गर्ने तयारी भएको खुलासा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्रीले नै खुद्रा ब्यापारीबाट नभई ठूला ब्यापारी, आयतकर्ता र उत्पादकहरुबाटै कृत्तिम अभाव सृजना गरिएकोले उनीहरुमाथिको अनुगमनलाई तिब्रता दिन निर्देशन दिएको जानकारी दिए।

अनुगमनको क्रममा गोदाम र पसल बन्द भएको पाईए ताला नै फोरेर भए पनि अनुगमन गर्न प्रधानमन्त्रीले कडा निर्देशन दिएको साक्षात्कारमा बताए। उनले भने–हिजो अस्तिसम्म सचेतनामूलक अनुगमन भईरहेको थियो अब शसक्त अनुगमन हुन्छ । कालाबजारी गर्ने कोही पनि उम्कन पाउँदैन।

साक्षात्कारमा उनले दैनिक उपभोग्य केही बस्तुको मुल्य तोकेरै सरकार बजार हस्तक्षेपको अन्तिम तयारीमा रहेको उल्लेख गर्दै आईतवारसम्म दाल, चामल, चिनि, तेल र गेडागुडीको अधिकतम मुल्य तोकेर मुल्यबृद्धि नियन्त्रण गरिने योजना सुनाए।

सचिव जोसीले अर्थमन्त्रालयले पेट्रोलियम पदार्थमा अनुदान र ऋण दिन अस्वीकार अभाव कायमै रहने भन्दै खाना पकाउने ग्यासमा अझै पनि ३ सय ६५ रुपैया घाटा रहेकोले अर्को महिना ग्यासको मुल्य अझै बढ्ने बताए। पेट्रोलियम पदार्थको गतवर्ष १० अर्ब घाटा भएको सुनाउँदै उनले दक्षिण एशियामै कतै पनि ग्यासमा कर छुट रहेको अवस्थामा आयल निगमलाई सबैभन्दा बढी घाटा भएको ग्यासमा सरकारले कर छुट दिनु पर्ने बताए। उनले घाटा कम गरेर आपूर्ति सुचारु गर्न १० अर्वको मूल्य स्थिरीकरण कोष निर्माणको योजना रहेको बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by