Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जनजातिद्वारा सशक्त आन्दोलन गर्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २१ भदौ । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले नेपाल सरकारलाई आफूहरुसँग भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि एक महिने अल्टिमेटम दिएको छ।

संघर्ष समिति र नेपाल सरकारवीच गत जेष्ठ ९ गते भएको सहमति कार्यान्वयनका लागि असोज मसान्तसम्मका लागि अल्टिमेटम दिएको हो।

विहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले ९ बुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक संकटको निकास नखोजिएमा असार मसान्तपछि सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।

संघर्ष समितिले मुलुकमा आदिवासी जनजाति, मधेशी, दलित, उत्पीडित वर्ग क्षेत्रका जनताले खोजेको पहिचानसहितको संघीयता विरुद्धमा षड्यन्त्र भएको भन्दै आन्दोलनको विकल्प नरहेको समेत स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष पर्शुराम तामाङले आफूहरुसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न एक महिनाको अल्टिमेटम दिएको जानकारी दिदै सो समयसीमाभित्र माग सम्बोधन नभए अधिराज्यभर आन्दोलनको जेहाद छेड्ने चेतावनी दिए।

संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमीले ठूला दलका नेताहरुका कारण आफूहरुसँग भएको ९ बुँदे सहमति कार्यान्वयन हुन नसकेको ठोकुवा गर्दै राज्यले असोज मसान्तभित्र कार्यान्वयन नगरे सुरु हुने आन्दोलनबाट हुने क्षतिको स्वयं सरकार जिम्मेवारी हुनुपर्ने चेतावनी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by