रूद्र श्रीसमगर / एचकेनेपाल डट कम-
पोखरा, २० भदौ । पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्य वृद्धिप्रति कडा विरोध जनाउँदै नेपाल कम्युनिष्ट पार्टी–माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) आन्दोलनमा उत्रिएको छ।
अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग गर्दै बुधवार आधा घण्टा चक्काजाम ग¥यो।
क्रान्तिकारीले पृथ्वीनारायण क्याम्पस गेटअगाडि बिहान साढे नौ बजेदेखि दश बजेसम्म आधा घण्टा चक्काजाम गरी मूल्यवृद्धिप्रति विरोध जनाएको हो। मूल्यवृद्धिले सर्वसाधारण जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको भन्दै क्रान्तिकारीले विरोधका कार्यक्रम जारी राख्ने भएको छ।
विहीबार समेत क्रान्तिकारीले पिएन क्याम्पस गेट अगाडि बिहान नौ बजेदेखि दश बजेसम्म एक घण्टा चक्काजामको कार्यक्रम राखिएको अखिल (क्रान्तिकारी) पिएन क्याम्पस जिल्ला कमिटीका अध्यक्ष नारायण गिरीले जानकारी दिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b