Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लण्डनमा अलपत्र विद्यार्थीहरुलाई साउथ लण्डन कलेजले सहयोग गर्ने

एचकेनेपाल डट कम संवाददाता
काठमाडौं, २० भदौ । लण्डन मेट्रोपोलिटन युनिभर्सिटीलाई बेलायतको युनाइटेड किङडम बोर्डर एजेन्सीले विदेशी विद्यार्थीहरु पढ्न नपाउने गरी कारवाही गरेपछि विचल्लीमा परेका ५ सय नेपाली विद्यार्थीहरु मध्ये २ सय विद्यार्थीहरुलाई बेलायतमै रहेको साउथ लण्डन कलेजले भर्ना लिने भएको छ।

बेलायतमा उच्च शिक्षा र डिग्री हासिल गर्ने सपना बोकेर लण्डन मेट्रोपोलिटन युनिभर्सिटीमा अध्ययन गरिरहेका ५सय नेपाली विद्यार्थीहरु मध्ये २ सय विद्यार्थीहरुलाई विशेष सहुलियतमा भर्ना लिई पठनपाठनको व्यवस्था मिलाउन कलेज व्यवस्थापन तयार भएको बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

पत्रकार सम्मेलनमा साउथ लण्डन कलेजले समस्यामा परेका बाँकी तीन समय विद्यार्थीहरुलाई अन्य कलेजमा सार्ने र भर्ना प्रकृयाका लागि सहयोग गर्ने, विद्यार्थीहरुबीच छलफल गर्दै रहने र कानुनी सहयोगको लागि व्यवस्थासमेत मिलाउने जानकारी कलेजका प्रबन्ध निर्देशक राजन कँडेलले दिए।

प्रबन्ध निर्देशक कँडेलले भने– म एक हप्तापछि लण्डन फर्केपछि समस्यामा परेका पाँच सय नेपाली विद्यार्थीहरुमध्ये दुई सयलाई आफ्नै कलेजमा भर्ना प्रकृया अगाडि बढाउँछु र बाँकी विद्यार्थीहरुलाई लण्डनमै रहेका अन्य कलेजहरुमा सार्ने व्यवस्था मिलाउन एनआरएनसँग सल्लाह गरी पहल गर्ने छु।

नेपालस्थित द ब्रिटिस कलेजका प्रिन्सिपल डेभिड ब्राईसले नेपाल फर्कन चाहने विद्यार्थीहरुलाई बेलायतकै गुणस्तरमा स्थापना भएको नेपालस्थित ब्रिटिश कलेजमा पढाई जारी राख्न आग्रह गरे।

उनले भने– बेलायतकै गुणस्तर र शिक्षामा कुनै सम्झौता नगर्ने राम्रा विश्वविद्यालयहरुसँग सम्बन्धन लिई बेलायतमा साउथन लण्डन कलेज र नेपालमा द ब्रिटिस कलेजको स्थापना गरिएको हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by