सुरज गुरुङ / एचकेनेपाल डट कम-
कास्की परिवार गणतन्त्र कोरियाको आयोजनामा आइतावार नेपाली कथानक चलचित्र ‘सायद’ भव्य रुपमा प्रदर्शन सम्पन्न भएको छ।
चलचित्र प्रदर्शनीमा प्रमुख अतिथिको रुपमा चलचित्रका नायक सुनिल रावल र विषेश अतिथिको रुपमा उक्त चलचित्रका निर्माता दुर्गिस थापा आएका थिए।
कास्की परिवारको अध्यक्ष नविन गुरुङको सभापतित्वमा सम्पन्न भएको औपचारिक कार्यक्रम समितिका सचिव खोम गुरुङले संचालत गरेका थिए। अन्य कार्यक्रमभन्दा भिन्नै प्रकारले सुरु भएको चलचित्र प्रदर्शनीमा छोटो मन्तव्य दिने क्रममा उक्त चलचित्र प्रदर्शनीको लागि विशेष रुपमा सहयोग गर्ने सुदूर पश्चिम समाजका पूर्व अध्यक्ष दिपक रावलले पनि छोटो मन्तव्य दिएका थिए।
पर्यटकीय क्षेत्र कास्की जिल्लाको प्रचार प्रसारको लागि कास्की परिवार गणतन्त्र कोरियाले बनाएको २० मिनेटको बृत्तचित्र देखाएपछि सायद चलचित्र सुरु भएको थिायो।
निर्धारित समयभन्दा केहि समय ढिलो भए पनि खचाखच हलमा सिटको अभावमा अधिकांश दर्शकहरुले उभिएरै हेर्नु परेको थियो। चलचित्र समाप्तिपछि दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिदै जो कसैले पनि एक पटक हेर्नै पर्ने बताए। चलचित्र प्रदर्शनअघि ईल्गा युवा अवार्डद्वारा सम्मानित पुष्पा बस्नेतलाई समेत विभिन्न संघसंस्थाहरुले सम्मान गरिएको थियो।
सायद चलचित्र आगामी आइतवार पुसान शहरमा देखाएइने भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b