सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १८ भदौ। स्कूले समयदेखि नै अभिनय तथा नृत्यमा रुचि राख्ने विप्लव राई आफूलाई यसै क्षेत्रमा सफल बनाउन संघर्षरत् छन्।
गायक राजेशपायल राईको ‘तालको माछी’ बोलको गीतमा भर्खरै मात्र नायिका निशा अधिकारीसँग अभिनय गर्ने मौका पाएका विप्लवको चाहना अभिनय क्षेत्रमा आपूmलाई चिनाउने रहेको छ।
धरान–११ का स्थायी बासिन्दा विप्लवले एसएलसीलगत्तै आफ्नै गायक साथी शिवराज गुरुङको ‘हे सुन’ बोलको गीतमा अभिनय गरेका थिए। जसले गर्दा उनमा रहेको अभिनयको नशाले उग्र रुप लियो।
हाल अभिनय सम्बन्धी तालिमको तयारीमा रहेका विप्लवले धरानको देवश्री डान्स सेन्टरमा २ वर्ष नृत्य कक्षा लिएका छन् भने काठमाडौंको साधना कला केन्द्रबाट पनि नृत्यसम्बन्धी थप कक्षा लिइसकेका छन्।
अध्ययनको सिलसिलामा ८ वर्षदेखि काठमाडौंमा रहेका विप्लवले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। धेरैजसो भिडियो धरानमै बनेको र त्यहीं सीमित भएकोले आफ्नो प्रतिभा धरानमै सीमित भएको उनको धारणा छ। अब भने राम्रा म्युजिक भिडियोसँगै चलचित्रमा समेत अभिनय गर्ने चाहना पूरा गर्न उनी मायानगरी काठमाडौंमै संघर्षरत् छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b