एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १८ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बाबुराम भट्टराई प्रधानमन्त्री पदमा कायम रहेसम्म दलहरुवीच सहमति बन्न नसक्ने ठोकुवा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले भने–बाबुराम भट्टराई प्रधानमन्त्री रहुन्जेल सहमति बन्नै सक्दैन। प्रधानमन्त्रीको राजिनामा हाम्रो पहिलो सर्त हो। उहाँ अब पदमा रहनु हुन्न।
सभापतित्वमा भएको साक्षात्कारमा उनले दलहरुवीच सहमति पनि नहुने, बाबुराम भट्टराईले राजिनामा पनि नििदने हो भने अर्को जनआन्दोलनको विल्प नभएको स्पष्ट पारे। राष्ट्रपतिले गतिरोध अन्त्यकोलागी ठोस पहलकदमी लिनु पर्ने भन्दै गजुरेलले पछिल्ला गतिविधीले राष्ट्रपति निरिह देखिएकोप्रति चिन्ता प्रकट गरे । उनले भने–राष्ट्रपति निरिह रहने, प्रधानमन्त्री गैर जिम्मेवार भईरहने यस्तो अवस्थामा अब जनताले सडक कब्जा गर्नुको विकल्प छैन।
तत्कालिन नेकपा माओवादीले तय गरेको चालिस बुँदामा ३० बुदाँ जती थपेर ७० बुँदे माग सार्वजनिक गरेर आन्दोलनमा होमिने तयारी भईरहेको उपाध्यक्ष गजुरेलले खुलासा गरे । उनले भने–७० बुँदे माग पुरा नभए आन्दोलनमा जान्छौ तर हाम्रो आन्दोलन शान्तिपुर्ण हुन्छ । अहिले नै जनसरकार ब्यूतिन सम्भव छैन । त्यो पछिको कुरा हो।
तीन दलले मात्रै राजनीतिक निकास दिन नसकने भन्दै तीन दलका नेताहरु विश्वास गुमाईसकेका यो देशका सबैभन्दा असफल पात्र भईसकेको आरोप उनले लगाए । उनले भने–संविधान जारी हुन नदिई, संविधानसभाको हत्या गरेर मुलुकलाई भुमरीमा फसाउनेबाट मुलुकले निकास पाउन सक्दैन । त्यसैले तीन दलिय सेण्डिकेटबाट कुनै आशा छैन।
उनले बर्तमान राजनीतिको निकासका दुई विकल्प संविधानसभाको पुनःस्थापन वा निर्वाचन कुनै पनि विषयमा जान गोलमेच सम्मेलनमार्फत राजनीतिक सहमति कायम गर्नु पर्ने आवश्यकता औल्याउँदै तीन दलको सेण्डिकेटले गर्ने सहमति नमान्ने स्पष्ट पारे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस