एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २ सेप्टेम्बर । हङकङको पाँचौ विधान परिषद निर्वाचनको तारिख नजिकिदै गर्दा एक मात्र नेपाली उम्मेदवार चेतन गुरुङ (राजु) को चर्चा नेपाली समुदायबीच बाग्लिदै गएको छ।
सेप्टेम्बर ९ तारिख हुने निर्वाचनमा राइजिङ नेपालका अध्यक्षसमेत रहेका गुरुङले विधान परिषदमा स्वतन्त्र समूहबाट उम्मेदवारी दिएका छन्। युन लङ न्यु टेरिटोरीज वेष्टबाट उम्मेदवारी दिएका गुरुङ र उनका समूह आफ्नो जीत बलियो बनाउन कम्मर कसेर लागेका छन्।
यसअघि, २००८ मा भएको विधान परिषदमा दुई नेपाली कोमल थापा र शुक्र वान्तवा चुनावमा भिडेपनि सफलता हात लागेन।
यस पटक चेतन गुरुङ भने आफ्नो जीतप्रति ढुक्क छन्। आफ्नो समूह ‘थर्ड फोर्स’को नेतृत्व गर्ने चान युङसहित पाँच जना उम्मेदवारहरु यसअघि पनि जिल्ला परिषदमा विजयी भइसकेका परिचित अनुहार भएकोले विधान परिषदमा आफूहरुको जीत सुनिश्चित रहेको गुरुङ बताउंछन्। उनका समूहमा ६ जना चिनीयाँ र एक नेपाली गुरुङ छन्। समूहको चुनाव चिन्ह एउटै भएकोले नेपाली भोटको मात्र भर पर्न नपर्ने बताउंछन् उनी।
अल्पसंख्यक जातिहरुको हक अधिकारको लागि उम्मेदवारी दिएको बताउंने गुरुङ समूहगत रुपमा चिनीयाँबाट र नेपालीसहित अल्पसंख्यक जातिहरुबाट प्राप्त मतले आफू र आफ्नो समूह विजयी हुनेमा ढुक्क छन्।
चुनावको दिन नजिकै गर्दा घर दैलो, फोन सम्पर्क, साथीभाइ, सामाजिक संघसंस्था तथा स्थानीय मिडियाहरुसंग समन्वय गर्न व्यस्त गुरुङ र उनको समूहलाई जिताउन एक पटक भएपनि भोट दिएर हेरौं भन्ने मनस्थितिमा नेपाली समुदाय रहेका छन्।
यसअघिका विधान परिषदमा भिडेका दुई नेपालीले पराजय भोगेपनि अहिले परिस्थितिमा भने केही सुधार आएको छ। दुईपटक विधान परिषदमा लडेको अनुभव र नेपाली समुदायभित्र मत दिनु पर्छ है भन्ने मनस्थिति र चेतनाको अभिबृद्धिको कारण चेतन गुरुङले चुनाव जितेमा आश्चर्य मान्नु पर्ने छैन।
सकभर मतदान गरौं,
नेपाली उम्मेदवारलाई जिताऔं
र, विधान परिषदमा नेपालीको उपस्थिति जनाऔं।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b