एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १७ भदौ । सुनको भाउ बढेर आइतवार प्रतितोला ५९ हजार ९ सय रुपैंया पुगेको छ। सुनको यो भाउ अहिलेसम्मकै सबैभन्दा बढी हो।
यसअघि, शुक्रवार सुनको भाउ प्रतितोला ५९ हजार २ रुपैयाँ थियो। अमेरिकी डलरको अवमूल्यन कायमै रहेको र तीज, दशैं तिहार जस्ता चाडपर्व नजिकदै गर्दा सुनको माग बढ्दै गएकोले बजारमा सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ।
त्यसैगरी, शुक्रवार ११ सय ५ रुपैंया कायम रहेको चाँदीको भाउ बढेर ११ सय ४५ रुपैयाँ ५० पैसा पुगेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b