Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोरियामा अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो एसोसिएसन गठन

विपिन श्रेष्ठ/ एचकेनेपाल डट कम-
दक्षिण कोरियामा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो एसोसिएसन कोरिया शाखा गठन गरेका छन्।

यङदम्पोस्थित माउन्ट एभरेष्ट रेष्टुरेण्टमा बसेको भेलाले अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो एसोसिएसन केन्द्रीय कार्यालय अमेरिकाको मातहातमा रहने गरी आइतवार कोरिया शाखा गठन गरिएको हो।

यादव कुँवरको अध्यक्षतामा ९ सदस्यीय कोरिया शाखा गठन गरिएको छ। कोरिया शाखाको उपाध्यक्षमा किरण भण्डारी, सचिव सिद्धार्थविक्रम पाण्डे, कोषाध्यक्ष कुमार मानन्धर रहेका छन्। त्यसैगरी, सदस्यहरुमा रमेश कार्की, श्वेता कुँवर, जीतबहादुर गुरुङ, बाबुकाजी महर्जन, बुद्ध थापा रहेका छन्।

नवगठित कोरिया शाखाले सल्लाहकारहरुमा प्रेमकुमार गुरुङ, ऋषिमान गुरुङ, मदन केसी र दिलिप रावललाई चयन गरेको छ।

प्रेम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालबाट नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघ युके र अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघले इमेलबाट कोरिया शाखा गठन भएको शुभकामना पठाएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by