Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मिस ग्लोबलको पूर्वाञ्चल अडिसन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, १६ भदौ । संसारले मुख्य चिन्ताको रुपमा उठाएको वातावरण प्रदुशनलाई कसरी रोक्न सकिन्छ र हाम्रो दायित्व के हो भन्ने मुख्य सन्देश बोकेको मिस ग्लोबल व्युटि क्वीन २०१२ को पहिलो अडिसन पूर्वाञ्चलको इटहरीबाट प्रारम्भ गरेको छ।

मिस पूर्वाञ्चल २०१२ का विजेता अस्मीता गुरुङ्ग, रंगकर्मी सुबास थापा, संचारकर्मी पवन विवस अधिकारी निर्णायक रहेको सो अडिसनबाट तीन जना प्रतियोगीहरुको छनौट गएिको छ। यस छनौट चरणमा बिराटनगर, विर्तामोड, इटहरी र धरान बाट १८ देखि २४ वर्षसम्मका ३० जना युवतीहरुले सहभागीता जनाएका थिए।

काठमाडौमा असोजको अन्तिम साता सम्पन्न हुन गइरहेको यस प्रतियोगितालाई टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रसारण गरिने छ।

२०१० बाट शुरु भएको यस प्रतियोगिताका विजेता सेलिना मोक्तानले कोरियामा सम्पन्न मिस ग्लोबल व्युटि क्वीनमा सहभागिता जनाइ सकेका छन भने इभिता ताम्राकार जाने तयारीमा छन्।

इ एस क्रियशनको आयोजनामा सम्पन्न हुन गईरहेको यस प्रतियोगीताका विजेताले पूर्ण छात्रवृत्ति, स्कुटि,वातावरण क्षेत्रमा काम गर्न इन्भारोमेन्ट एम्बेसेडर र नगद प्राप्त गर्नुका साथै मिस ग्लोबल व्युटि क्वीनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाउने छन्।

पूर्वाञ्चलबाट शुरु भएको अडिसन चितवनमा १८ गते पोखरामा २० तथा २३ गते काठमाडौमा अडिसन हुनेछ। अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि ३० जनाको छनौट गरिने छ। टेलिभिजनबाट पहिलो पटक रियालिटी सो को रुपमा प्रसारण गर्न लागिएको यस प्रतियोगितालाई १३ ऋंखलामा सम्पन्न गरिने छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by