Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नक्कली प्रहरी, प्रहरी खोरमा

एचकेनेपाल डट कम संवाददाता –
पोखरा, १६ भदौ । प्रहरीले नक्कली प्रहरी बनी सर्वसाधारणबाट रकम असुल गर्दै हिडेका दुई युवकहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फूलबारी ११ बस्ने २५ वर्षीय शंकर नेपाली र सोही ठाउँ वस्ने २५ वर्षीय पप्पु भन्ने टपवहादुर नेपाली रहेका छन्।

उनीहरुलाई रकम असुल गरिरहेको अवस्थामा प्रहरी चौकी नौडाडावाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा उनीहरुले विगत ६ /७ महिनादेखि सर्वसाधारणलाई डर धम्की दिई रकम असुल गर्दै गरेको खुलासा भएको प्रहरीले जनाएको छ।

आफूहरु सादा प्रहरी सीआइडी हौं भन्दै करीव एक दर्जन सर्वसाधारणबाट रकम असुल गरेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by