Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नायक तथा निर्माता नवल खड्का दोहामा सम्मानित

गणेश वानिया / एचकेनेपाल डट कम-
दोहा, कतार। नेपाली जन प्रगतिशील मञ्च कतारले एक कार्यक्रमको आयोजना गरि नायक तथा निर्माता नवल खड्कालाई नेपाली राष्ट्रियता र जनजिबिकाको क्षेत्रमा कलाकारिताको माध्यमवाट पुर्‍याएको योगदानको कदर गर्दै खादा ओर्ढाई प्रशंसा पत्र मार्फ सम्मान गरेको छ।

मञ्चका महासचिब बिष्णु सापकोटाको सञ्चालन र अध्यक्ष रमेश भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मञ्चका सल्लाहकार प्रमुख होमनाथ शर्मा रहेका थिए भने अन्य अतिथिहरुमा सल्लाहकारहरु रामु वस्याल, किशोर सुवेदी तथा गणेश वानिया रहेका थिए।

प्रमुख अतिथि शर्माले अश्लिल र बिदेशी संस्कृतिहरुको हावि हुदै गइरहेको चलचित्रहरुलाई निरुत्साहित पार्दै राष्ट्रवादी फिल्महरुलाई प्रोत्साहन गर्नका लागि सम्मान गरिएको वताउदै आगामी दिनहरुमा पनि यस्तै राष्ट्र र राष्ट्रियता झल्कने र प्रवासमा नेपालीहरुको पीडालाई आत्मवोध गर्नेखालको चलचित्र निर्माणका लागि नायक तथा निर्माता नवल खड्कालाई सुझाव दिएका थिए। उक्त कार्यक्रममा बक्ताहरुले नेपाली सिनेमा दशगजाको निर्माण गरि नायक तथा निर्माता खड्काले राष्ट्रियताका मुद्धाहरुलाई चलचित्रको माध्यमवाट उठान गरेको चर्चा गर्दै प्रवासमा राष्ट्रियता गहन हुने रहेछ भन्दै उहाको अभियानको प्रशंसा गरेका थिए।

कार्यक्रमका सम्मानित पात्र नायक तथा निर्माता नवल खड्काले बिदेशमा आई सम्मानित हुन पाउदा धेरै खुसीको अनुभूति बढेको र साँस्कृतिक आन्दोलनलाई अघि बढाउन जिम्मेवारी सुम्पिएको महशुस भएको वताउदै उक्त जिम्मेवारीलाई आफूले इमान्दारितापूर्वक पूरा गर्ने बचन वद्धता व्यक्त गर्नु भयो। दशगजा चलचित्र हाम्रो राष्ट्रको स्वाधिनतामाथि निरन्तर आक्रमण भइरहेकोले आफूले यस्तो चलचित्र निर्माण गरेको वताउदै उक्त चलचित्रको निर्माण थालनी देखिनै बिभिन्न मानसिक दवावहरु झेल्दै आइरहेको बताउनु भयो। देशभित्र सिर्जित वेरोजगारीताका कारणले तीसौं लाख युवा पलायन भएको र खाडीमा रहेका नेपालीहरुको मर्मलाई आफूले कतार आएपछि अझ नजिकवाट बुझ्ने मौका मिलेको वताउदै आगामी चलचित्रहरुमा यो क्षेत्रलाई समेट्ने बिचार व्यक्त गर्नु भयो।

कला, साहित्य र भेषभूषा राष्ट्रको अमूल्य गहना हुन् जवसम्म राज्यले सम्वोधन गर्दैन तवसम्म यो क्षेत्रको बिकास हुन सक्दैन भन्दै आफूले राष्ट्रियता झल्कने वाहेक अरु कुनै चलचित्रनै निर्माण नगर्ने र हाल शहीद भिमदत्तको नामवाट चलचित्रको निर्माणका लागि गृहकार्य थालेको वताउनु भयो।

कार्यक्रमका सभापति रमेश भट्टले आगामी दिनहरुमा पनि देशभक्ति र राष्ट्रियता झल्कने चलचित्र वनाई कतारवासी नेपालीहरु सामु पर्दशन गर्न अनुरोध गर्दै बैदेशिक रोजगारीमा देखिएका ठगी दलाली तथा पीडाहरुलाई चलचित्रका माध्यमवाट प्रस्तुत गर्न आग्रह गर्नु भयो।

कार्यक्रममा रोल्पा जलजला सेवा समाज तथा र्सलाही सेवा समाजले समेत नायक तथा निर्माता खड्काले पुर्‍याएको योगदानको चर्चा गर्दै खादा ओढाई सम्मान गरेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by