एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ भदौ । बजारमा कृतिम अभाव सृजना गरी अनियन्त्रित मुनाफा खान पल्केका कालाबजारीलाई नियन्त्रण गर्न नेपाल राजपत्रमै अत्यावश्यकीय उपभोग्य बस्तुको मुल्य सूचि प्रकाशित गरेर अंकुश लगाउने तयारी गरेको छ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी चुणामणि शर्माले कालाबजारी नियन्त्रणको लागी त्यस्तो उपाय अपनाउने तयारी भईरहेको जानकारी दिए।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले दैनिक उपभोग्य बस्तुको मुल्य निर्धारणको स्पष्ट आधार नभएकोले ब्यापारीहरुले कृतिम अभाव सृजना गरी कालावजारी गरेको दावी गर्दै आफूहरुले नागरिकसँग मिलेर बजारको अब नियमित अनुगमन गरिरहने प्रतिबद्धता ब्यक्त गरे।
साक्षात्कारमा शर्माले आफूहरुले दुई तरिकाको बजार अनुगमन जारी राखेको जानकारी दिदै नाफाखोरी र सार्वजनिक स्वास्थ्यमा असर पार्ने गरी मिसावट गर्नेलाई आईतवारदेखि कारवाही थाल्ने निर्णय भईसकेकोले अब धमाधम कारवाही गर्ने बताए।
सरकारले मुल्य सूचि निर्धारण गरे त्यसको विस प्रतिशतसम्म मुल्य बढाएर विक्री गर्न पाउने भन्दै मुल्य सूचिको अभावमा केलाई कालोबजारी भन्ने निक्र्यौल गर्न नसकिएको गुनासो साक्षात्कारमा गरे।
साल्टटेडिङको कमजोर ब्यवस्थापनका कारण बजारमा पछिल्लो समयमा चीनीको अभाव सृजना भएको भन्दै शर्माले अहिले दशै, तिहार र छैठ गरी तीन महिनाका लागि चीनीको अभाव अब नहुने ठोकुवा गरे।
उनले चाडबाडको मौका छोपेर कसैले कृतिम अभाव सृजना गरेको पाईए कालोबजारी ऐन अनुसार कडा कारवाही गर्ने स्पष्ट पार्दै अब नियमित र प्रभावकारी अनुगमन गरिने बताए।
उनले चिनि ८० र नुन १५ रुपैया किलो मुल्य निर्धारण भएको जानकारी दिदै त्यो भन्दा बढी मुल्य कसैले लिए त्यसलाई कालाबजारी ऐन अनुसार कारवाही गर्ने चेतावनी दिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस