Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

विमानस्थल निर्माणको काम थाले पोखरेलीले

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १३ भदौ । कसैको हातमा कोदालो, कसैकोमा गैँची । हसिँया र सावेल बोक्नेहरुको पनि कमी थिएन । स्कूल पढ्ने विद्यार्थी, गृहणी अनि युवादेखि वृद्धवृद्धा । सबैको पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने एउटै नारा र माग । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवाब दिन बुधबार विमानस्थल निर्माणस्थलमा देखिएको दृष्य हो यो।

भदौको प्रचण्ड गर्मी । खलखली पसिना त आउने नै भयो !तर, गर्मी र पसिनाको पर्वाह नगरी पोखरेलीहरुले बुधबार विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गामा विमानस्थल निर्माणको सांकेतिक सुरुवात गरेका छन् । उनीहरुले आफूसँग भएको घरेलु औजारको सहायताले सो अभियानको थालनी गरेका हुन् । ‘यो सांकेतिक अभियान हो ।’–पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका सदस्य विश्वप्रकाश लामिछानेले भने–‘ सरकारलाई दवाब दिनको लागि निर्माण थालिएको हो ।’ यसका साथै विद्यालय पढ्दै गरेकाहरुलाई विमानस्थल निर्माणस्थल चिनाउने र निर्माण प्रक्रियाबारे जानकारी दिन पनि सो कार्यक्रम आयोजना गरिएको उनले बताए । अभियानमा हजारौँ पोखरेलीहरु सहभागी थिए । सहभागीहरुले सो अवसरमा ‘ विमानस्थल बिरोधी षड्यन्त्र बन्द गर, षड्यन्त्रकारी होसियार लगायतका नाराहरु लगाएका थिए।

तस्विरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम।

सोही अवसरमा विमानस्थल निर्माणस्थलमा मानव साङ्लो जुलुस पनि प्रदर्शन गरियो । प्रदर्शन पछिको कार्यक्रममा बोल्दै पूर्व सभासद रवीन्द्र अधिकारीले पोखरेलीको ३७ वर्षदेखिको सपनामा खेलवाड नगर्न सरकारसँग आग्रह गरे । पोखरा केन्द्रित आन्दोलन मात्र भएको उल्लेख गर्दै उनले सरकारले माग सुनुवाई नगरे देश नै ठप्प पार्ने चेतावनी पनि दिए । नेपाली काँग्रेसका महासमिति सदस्य निर्मल कर्मचार्यले विमानस्थल निर्माणसँग सम्पूर्ण पश्चिमाञ्चलबासी र साना नानीहरुको समेत सपना जोडिएकोले जुनसुकै हालतमा पनि विमानस्थल निर्माण कार्य सुरु हुुनुपर्नेमा जोड दिए।

विमानस्थल निर्माणमा शिर्ष नेताहरु सकारात्मक
पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणकमा प्रमुख दलका शिर्ष नेताहरु सकारात्मक देखिएका छन् । उनीहरुले परियोजनाको प्रक्रियालाई पारदर्शी बनाएर निर्माणको लागि छिटो निर्णण गनुपर्ने पनि बताए छन् । विमानस्थल निर्माणको बारेमा दलहरुको ध्यानाकर्षण गराउन सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठको नेतृत्वमा काठमाडौ गएको टोलिसँगको भेट बार्तामा नेताहरुले विमानस्थल निर्माणको लागि सक्दो पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरेको संयोजक श्रेष्ठले बताए। टोलीले एकिकृत नेकपामा माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शुशील कोईराला, उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटबार्ता गरेको हो । टोलिमा कास्कीका तीन दल माओवादी, काँग्रेस एमालेका नेताहरु झलकपाणी तिवारी, यज्ञबहादुर थापा, मानबहादुर जिसी, संचार उद्यमी विश्वशंकार पालिखे रहनु भएको छ भने पूर्व सभामुख तारानाथ रानाभाट र पुर्व सांसद सोमनाथ अधिकारी प्यासीले सहितको टोलिले नेताहरुसँग विमानस्थल निर्माणको बारेमा छलफल गरेको हो। टोलीले पर्यटन मन्त्री पोष्टबहादुर बोगटीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

अनसनमा महिलाहरु
पोखराको बहुप्रतिक्षित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल थाल्नको लागि नागरिक दवाव अभियान अन्तर्गत एक साता अघिदेखि सुरु भएको रिले अनसन आज बुधवार सातौं दिन पनि जारी छ। अनसनमा विहान ८ बजेदेखी विभिन्न क्षेत्रका महिलाहरु अनसनमा बस्नु भएको छ । अपरान्ह चार बजदेखि अनसनमा बस्नहरु अपरान्ह चार बजेदेखि विभिन्न क्षेत्रका महिलाहरु अनसनमा बसेका थिए। अनसन बस्नेहरुमा रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, प्रस्तोता सरस्वती गुरुङ सहित रत्नदेवी कँुवर, शारदा गिरी, दुर्गा न्यौपाने, पार्वती जिसी, जुनकुमारी गुरुङ, सरस्वती गुरुङ, सुष्मा पौडेल, प्रभा कोईराला, चिनु गुरुङ, लक्की कार्की, मिलन शेरचन, सरस्वती प्रतिक्षा, सावित्री शर्मा, दुर्गादेवी बाँस्तोला, विन्दु सुवेदी कोईराला रंगिला आचार्य रहेका छन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by