एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, १२ भदौ । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले कार्तिक मसान्त सम्ममा दलहरुवीच सहमति बन्ने विश्वास ब्यक्त गरेका छन्।
दलहरुवीच सहमति कायम गरेर मुलुकलाई निकास दिन दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत मंगलबार अध्यक्ष ऋषि धमलाको सभापतित्वमा गएका सन्चारकर्मीहरुको टोलीसँग कुरा गर्दै गच्छदारले एक त्रितियांश बजेट कार्तिक मसान्तमा समाप्त हुने भएकोले पनि सो समयसम्म दलहरुवीच सहमति हुनु अनिवार्य बनेको बताए।
प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाएर को प्रधानमन्त्री बन्ने र नयाँ प्रधानमन्त्रीले के के काम गर्ने कुरामा प्याकेजमै सहमति नबनेसम्म प्रधानमन्त्रीले पदत्याग गर्ने कुरै नआउने स्पष्ट पार्दै सरकारको भावी नेतृत्व एउटा पार्टीले गर्ने भन्दा पनि कुन ब्यक्ति गर्ने भन्ने कुरा पनि टुङगो लाग्नु पर्ने धारणा राखे। उनले भने–सबैलाई स्विकार्य हुने ब्यक्ति चाहिन्छ पार्टी मात्रै भनेर हुँदैन।
गच्छदारले संविधानका विवादित विषयमा सहमति जुट्न सके दैनिक कार्यसूचि निर्माण गरेर बढीमा एक महिनाकोलागी संविधान सभाको पुनःस्थापना गरेर संविधान जारीगर्न सकिने भन्दै त्यसो हुन नसके सभासदको संख्या, काम गर्ने अवधीको टुङगो लगाएर संविधानसभाको निर्वाचनमा जानु बाहेक अरु कुनै विकल्प दलहरुसँग नरहेको स्पष्ट पारे।
राष्ट्रिय सहमतिबाहेक मुलुकमा अर्को कुनै विकल्प नरहेकोले आफू सहमति कायम गर्न लागिपरेको जानकारी दिदै उनले भर्खरै राष्ट्रपति र एमाले अध्यक्ष सँग कुरा कानी गरेको र अब माओवादी अध्यक्ष र काग्रेस सभापति सँग कुरा गरेर सहमतिको प्रयास जारी राख्ने बताए। उनले अहिलेसम्म सहमतिकोलागी राष्ट्रपति बाहेक कसैले पनि प्रयास नगरेको गुनासो गरे।
संविधानसभा विघठन कुनै एक दलको कारण भन्दा पनि मधेसी मोर्चा सहित सबै ठूला दल दोषि रहेको भन्दै गच्छदार मधेसी मोर्चा पनि विघठनको दोष लिन तयार रहेको बताए। आफू सहभागी रहेको सरकारको एक वर्षको कार्यकाल सफल रहेको भन्दै उनले शान्ति प्रक्रिया अन्त्य हुने विन्दुमा पुग्नु, अपराधको रेडर्क घट्नु उपलब्धिको मापदण्ड भएको सुनाए । राजधानीको सडक विस्तारलाई ३० वर्षकै सबैभन्दा उपलब्धिको घटना बताउँदै सरकारको कार्यकाल सफल भएको बताए।
उनले गृहमन्त्रालयले अपराध र शान्ति सुरक्षाको अवस्थासहितको विष्लेसण सहितको स्वेत पत्र जारी गर्ने तयारी गरिरहेको भन्दै केही राजनीतिक मोटिभेटिभ बाहेकका अपराधका घटनामा सुधार आएको दावी गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस