Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

माओवादी जेठ १४ कटाउने षडयन्त्रमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ फागुण । नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले तीन साताभित्र लडाकु रहेको शिविर खाली गर्ने प्रचण्डको प्रस्तावमा विश्वास नभएको बताएका छन्।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएर संघीय लोकतान्त्रिक संविधान जेठ १४ गतेभित्रै जारी गर्न दलहरुलाई दवाव दिने उद्देश्यका साथ रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत ज्ञापन पत्र बुझ्दै नेता पौडेलले भने- माओवादीले गर्छु भनेर धेरै पटक भनेकाले अहिले पनि तीन साताभित्र शिविर खाली गराउने प्रस्तावमा मलाई विश्वास छैन।

माओवादी शान्ति र संविधान निर्माणमा आलटाल गरेर जेठ १४ कटाउने गम्भीर षडयन्त्रमा लागेको दावी गर्दै माओवादीको सो षडयन्त्रप्रति सावधान रहन सबैलाई आब्हान पनि गरे।

शान्ति र संविधान प्रक्रिया थाति राखेर जेठ १४ कटाएर माओवादी आफू नेतृत्वको सरकारलाई अगाडि बढाउने योजनामा रहेकोतर्फ उनले संकेत गरेका थिए। उनले विगतमा भएका सहमति कार्यान्वयनमा आलटाल गरेको पनि जेठ १४ को समय कटाउने योजना भएको उनको तर्क थियो।

शान्ति प्रक्रियाका विषयमा कार्तिक १५ गते प्रमुख तीन दल र मधेसी मोर्चा विच भएको सात बुँदे सहमतिमा सबै कुरा स्पष्ट भएको त्यसको इमान्दार कार्यान्वयनमा जोड दिए। उनले सात बुँदे सहमतिको ठाँउमा अर्को कुनै पनि सहमतिको आवश्यकता नभएको समेत स्पष्ट पारे।

संबैधानिक समितिमा शासकीय स्वरुप र संघीयताको विषयमा काग्रेस र एमालेले आफ्नो धारणा राखि सकेपनि माआवोदी अध्यक्ष प्रचण्डले आफ्नो धारणा नराखेको समेत उनले जानकारी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by