Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सगरमाथा कप सम्पन्न

सोदिप थोप्रा लिम्बू / एचकेनेपाल डट कम-
आशफोर्ड, केन्ट युके र सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले स्थानीय ग्रेटचार्ट फुटबल मैदानमा गत शनिबार सगरमाथा कप २०१२ सफलतापुर्बक सम्पन्न गरेको छ।

भेट्रान, युवा ९ ननभेट्रान ० र अन्डर सिक्सटीन गरि ३ समूहमा बिभाजन गरेर प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा बेलायतभरिका १७ टिमहरुले भाग लिएका थिए। आशफोर्ड बरो काउन्सिलका डेपुटि मेयर काउन्सिलर डेभिड स्मिथ प्रमुख अथिति रहेको उक्त कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष श्री लिम्बुले सबै टिम क्यापटेनहरुलाई खेलअबधिभरि पालना गर्नुपर्ने नियमहरुको बारेमा जानकारी गराउनु भएको थियो।

समाजका खेलकुद सचिब हरि सम्पाङ्गको संयोजकत्वमा खेलाइएको खेलको पहिलो राउण्ड लिग खेलबाट शुरु भएको थियो। प्रोफेसनल नेपाली तथा गोरा अफिसियलहरुद्वारा संचालित उक्त प्रतियोगितालाई ब्यबस्थित , सुरक्षित साथै रोचक बनाउन स्वयं सेवक, सेक्युरिटी अफिसर , प्रहरी साथै समाजका सम्पूर्ण पदाधिकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने सहभागी सबै खेलाडीहरुले पनि अनुसासित तवरले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

अन्डर सिक्सटीन समूहतर्फ सबै टिमहरुलाई पाखा लगाऊँदै नेपाल टिभी र ब्रिगेड भान्जा फाइनलमा प्रवेश गरेको थियो ्र कडा प्रतिस्पर्धाबीच सम्पन्न फाइनलमा नेपाल टिभीले ब्रिगेड भान्जालाई १ ( ० ले पराजित गर्यो ्र नेपाल टिभीका तर्फबाट बिबेक थापाले गोल गरेका थिए भने यूबा समूहतर्फ साउथ इष्ट ब्वाइज टिमले फोक्सटन नेप्लिज कम्युनिटी टिमलाई १ ( ० ले हराएर पहिलो उपाधि हात पार्यो ्र जयन लिम्बुले साउथ इष्ट ब्वाइजका लागि गोल गरेका थिए र त्यसैगरी, शोर्नक्लिफ सेभेन र सगरमाथा गोर्खा नेपाली कम्युनिटी बीच भएको भेट्रानतर्फको फाइनल खेलमा शोर्नक्लिफ सेभेन ले सगरमाथा गोर्खा नेपाली कम्युनिटी लाई १ ( ० ले पराजित गर्यो र नवल सिंग थापाले शोर्नक्लिफ सेभेन टिमका लागि गोल गरेका थिए।

प्रतियोगिताका निर्णायक टिमको निर्णय बमोजिम सगरमाथा कप २०१२ को म्यान अफ द म्याच ट्रफी यूबातर्फ क्रमशस् साउथ इष्ट ब्वाइजका जयन लिम्बू , अन्डर सिक्सटीन समूहतर्फ नेपाल टिभीका शिशिर सुनवार र भेट्रानतर्फ शोर्नक्लिफ सेभेनका नवल सिंग थापालाई प्रदान गरियो ्र त्यसैगरी टप स्कोरर ट्रफी अन्डर सिक्सटीनतर्फ ब्रिगेड भान्जाका प्रशन राई र यूबातर्फ फोक्सटन नेप्लिज कम्युनिटी टिमका निशान राईलाई प्रदान गरियो।

समाजका महासचिब मोहन कृष्ण गुरुंगले संचालन गरेको पुरस्कार बितरण समारोहमा डेपुटि मेयर डेभिड स्मिथ, समाजका अध्यक्ष पोपिराज राई तथा महिला कमिटिका अध्यक्ष श्रीमती दुर्गा लिम्बूले विजयी खेलाडीहरुलाई ट्रफी , मेडल साथै नगद पुरस्कार प्रदान गरेका थिए ्र अध्यक्ष राई र बरिष्ठ उपाध्यक्ष श्री लिम्बुले बेलायतमा बिशेष गरेर यूबाहरुलाइ खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न समाजले प्रतियोगिताको संचालन गरेको प्रष्ट पार्दै सहभागी सम्पूर्ण टिम , दर्शक , पाहुना साथै प्रतियोगितामा सहयोग पुरयाउने सबैलाई धन्यवाद ब्यक्त गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by