एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २७ अगष्ट । जिउंदा इतिहास भीसी रामबहादुर लिम्बू र गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङले सान टिन क्यासिनो लाइनस्थित समाधिस्थल गएर पूर्खाहरुलाई भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
भीसी लिम्बू र गेसो सभापति गुरुङ हङकङ आएको अवसर पारेर गोर्खा सिमेटरी ट्रष्ट, ब्रिटिश भूतपूर्व गोर्खा सैनिक संघ र भारतीय भूतपूर्व सैनिक संघद्वारा शनिवार संयुक्तरुपमा आयोजित कार्यक्रममा भीसी लिम्बूले युद्ध र सैनिक जीवनमा बितेका अवस्मरणीय अनुभवहरु सुनाएका थिए।
गेसो सभापति गुरुङले राणा र अंग्रेजले आफ्ना स्वार्थका खातिर हङकङलगायत विश्वका विभिन्न मुलुकहरुमा गोर्खाहरुको चिहानघाट बनाईकोमा आक्रोश पोख्दै बेलायतलाई कुनै हालतमा नछोड्ने बताए।
सोही अवसरमा चर्चित गायक शम्भु राई, लोकदोहोरी गायक राजु गुरुङ, भूतपूर्व ब्रिटिश र भारतीय सैनिकहरु, संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा पत्रकारहरुले पूर्खाहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
कार्यक्रमको भिडीयो झलकः
भीसी रामबहादुर लिम्बूको अन्तर्वार्ता
गेसो सभापति पदम गुरुङको अन्तर्वार्ता
Gurkha Cemetery, San Tin Barracks, Hong Kong
25 August 2012
Video: HKNepal.com / Pashan Tamoo, Devraj Rai & Jagat Ambu Gurung
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b