Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरेलीको आन्दोलनमा छिमेकी जिल्लाको पनि समर्थन

माधव बराल/ एचकेनेपाल डट कम-
पोखरा, १० भदौ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि दवाव दिन पोखरा विमास्थल गेट अगाडि थालिएको रिले अनसन आज चौथो दिनपनि जारी छ।

रिले अनसनस्थलमा विभिन्न संघ संस्थाका प्रतिनिधि आएर आन्दोलनमा एक्यवद्धता समेत जनाएका छन् भने छिमेकी जिल्लाका विभिन्न संघ सस्थाले पनि एक्यवद्धता जनाउदै आन्दोलनमा सहभागि हुने प्रतिवद्धता व्यक्त गरेका छन् । विभिन्न चरण पार गरेको आन्दोलन व्यापक बन्दै समेत गएको छ।

तस्विरः उमेश पुन/एचकेनेपाल डट कम

रिले अनसनमा आईतबार अपरान्ह चार बजेदेखि पूर्व सभासदहरु रविन्द्र अधिकारी, राजकाजी गुरुङ ‘करण’ दर्गा विक,अमर तमु, कृष्णबहादुर गुरुङ, कृष्णकुमारी परियार, यशोदा सुवेदी, पुर्व सांसद शुक्रबार शर्मा बस्नु भएको छ भने नेकपा एकिकृतका इन्द्र तमु, सरोकार समिति सदस्य केदार शर्मा, विश्वप्रकाश लामिछाने, तमुधिं नेपालका अध्यक्ष कर्मा तमु, क्याप्टेन चेतबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का महासचिव बसन्तराज दवाडी, नेपाली काँग्रेसका नेता नरेशशंकर पालिखे गरी १५ जना अनसनमा बसेका हुन्। तमुधिले आईतबार र्यालि समेत प्रर्दशन गरेको थियो । तमुधिंको कार्यालयबाट झाँकी सहित र्यालिमा सहभागि भएकोले अनसनस्थलमा पुगेर नाचगान गर्नुका साथै निर्माण कार्य तत्काल थाल्न माग समेत गरेका थिए।

सरोकार समिति अन्तर्गतको कार्यसम्पादन समितिका सचिव संजीवबहादुर कोईरालाका अनुसार आज राति १० बजेदेखि नेत्रहिन संघ कास्कीका अध्यक्ष शिशिर खनालको नेतृत्वमा ११ जना अनसनमा बस्ने छन्। अनसनमा दृष्टिबिहीन श्रीकान्त सापकोटा, लक्ष्मण सुवेदी, रविन्द्र खनाल, विजय लामिछाने, सरस्वति आचार्य, शुशील भुजेल र अमृत बराल अनसनमा बस्नुहुनेछ भने राति १० बजेदेखि नै राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, रिम तमु र केवी तमु पनि बस्ने भएका छन्।

यसैगरी सोमबार बिहान ८ बजेदेखि यातायात व्यवसायी र मजदुर अनसनमा बस्ने भएका छन्। कोईरालाका अनुसार बसन्त प्रधान, गोर्कण कार्की, गान्धिराज गिरी, ऐनकुमार साई, चिजकाजी गुरुङ, खड्क विक, लिलाबहादुर कार्की, खगेन्द्र काफ्ले, मुरारी शर्मा र रुद्र गौतम अनसनमा बस्नेछन्।

यसअघि अनसनमा आईतबार विहान ८ बजेदेखि राजनीतिक दलका कास्की स्थित प्रमुख नेताहरु अनशनमा बसेका थिए। अनसनमा एनेकपा माओवादी कास्कीका ईञ्चार्ज झलकपाणी, नेपाली काँग्रेसका सभापति यज्ञबहादुर थापा, एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसी सहित सावित्री दुरा, कृष्ण गिरी, तेजनारायण अधिकारी, विष्णुहरि बराल, व्यवसायी बुद्ध गुभाजु, टिकाराम सापकोटा, अग्नी कँडेल अनसनमा बसेका थिए। पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्ण सरोकार समितिको अगुवाइमा पोखरामा पोखरामा विहिबारदेखि अनशन सुरु भएको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by