एचकेनेपाल डट कम सम्वाददाता-
हङकङ, २६ अगष्ट। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदम गुरुङले नेपालको बर्वादीको कारण तत्कालीन राणा शासन र अंग्रेज रहेको बताएका छन्।
क्यासिनो लाइन सानटीनस्थित गोर्खाहरुको समाधिस्थलमा पूर्वजहरुलाई शनिवार श्रद्धाञ्जलि व्यक्त गरेपछि एचकेनेपाल डट कमसंग बोल्दै गुरुङले भने- ‘यी पुर्खाहरुको चिहान उनीहरुको गाउं या भूमिमा हुनु पर्थ्यो’, उनले निकै भावुक हुदै भने- ‘यहाँ जस्तै विश्वका विभिन्न देशहरुमा गोर्खाहरु समाधिस्थ छन्। उनीहरुको पवित्र माटो संकलन गरेर स्याङ्जाको साल्मेडाँडामा गोरखा स्मारक निर्माण गर्दैछौं।’
२२ वर्षदेखि निरन्तर बेलायती उत्पीडनविरुद्ध न्यायिक संघर्ष गरिरहेका गुरुङले आगामी नोभेम्बर २७ तारिखका दिन विश्व युद्धमा बेपत्ता पािरएका ६० हजार पितृहरुको स्मरणमा गोरखा स्मारकको शिलान्यास गर्ने बताए। बेलायतीको पक्षमा लागेर युद्धमा मारिएका हाम्रा १४ जातिका पुर्खाहरुको उनीहरुको संस्कार संस्कृति अनुसार उनीहरुकै धर्म गुरुहरु बोलाएर किरिया बस्ने बताए। त्यसैगरी गोर्खाली युवाहरु बेलायतले लानुअघि नेपालको राजनैतिक, आर्थिक र संस्कृतिको अवस्था कस्तो थियो भन्ने देखाउन संग्रहालय निर्माण गरिने बताए। संग्रहालयमा गोर्खालीको बीर गाथा र बहादुरीको कथा नभएर कसरी अंग्रेजले नेपाल र नेपालीलाई बर्बादीको मुखमा धकिलि दियो भन्ने देखाइने गुरुङले बताए। अंग्रेजले लानुअघि नेपाल गरीब थिएन। नेपालीहरुको स्वाभिमानलाई उँचो बनाउने गरी निर्माण गर्न लागिएको गोरखा स्मारक नेपालमै सबैभन्दा अग्लोसमेत हुने गुरुङले बताए। थप जानकारीको लागि भिडियो हेर्नुहोस्।
An Interview with GAESO President Padam Gurung
Gurkha Cemetery, San Tin Barracks, Hong Kong
25 August 2012
Video: HKNepal.com
Team: Pashan Tamoo, Devraj Rai & Jagat Ambu Gurung
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b