Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सामुदायिक लज संञ्जाल बनाउन डब्लु.डब्लु.एफ.को चासो

केशबप्रसाद भट्टराई / एचकेनेपाल डट कम-
ताप्लेजुङ, ९ भदौ । पर्यटकहरु थोरै आगमन भएको भन्दै डब्लु.डब्लु.एफ. नेपालले “सामुदायिक लज संञ्जाल” ताप्लेजुङ जिल्लाको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनामा स्थापना गर्न सम्भाव्य अध्ययन गरिरहेको छ।

विश्वको तेश्रो अग्लो हिमाल तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजंघा समेत रहेको यस क्षेत्रमा पर्यटक आगमन न्यून भएको र पर्यटक आगमन बढाउने उद्देश्यले सामुदायिक लज संजालको स्थापनामा चासो देखाएको कञ्चनंजघा संरक्षण क्षेत्र आयोजनका प्रमुख सुजितकुमार श्रेष्ठले बताए।

विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा लगायत आधा दर्जन बढि ७ हजार भन्दा अग्ला हिमशिखरहरु रहेको यस जिल्लामा पर्यटकहरु आगमनमा कमी आएको भन्दै सामुदायिक लज संजाल बनाउन सम्भाव्य अध्ययन गर्न डब्लु.डब्लु.एफ. नेपालबाट आङछिरिङ शेर्पाको नेतृत्वमा ५ जनाको टोली कञ्चनंजघासंरक्षण क्षेत्र आयोजना तर्फ गएको समेत प्रमुख श्रेष्ठले बताए।

बिषेश गरेर पर्यटकलाई मध्यनजर गर्दै संरक्षण क्षेत्र भित्रको कञ्चनंजघा हिमालको बाटोमा पर्ने लेलेप, आम्जीलेसा, ग्याब्ला, घुन्सा, खम्बाछेन, लोनार्क लगायत ६ स्थानमा होटल बनाउन सम्भाव्य अध्ययन गरिने समेत प्रमुख श्रेष्ठले बताए।

संरक्षण क्षेत्रको २०५४ सालमा स्थापना भएर १५ बर्ष बितेता पनि पर्यटक आगमन भने न्यून रहेको छ । प्रशस्त मात्रामा पर्यटकिय स्थलहरु रहेपनि पर्यटक भने अत्यन्तै न्यून भित्रिएको भन्दै पर्यटक आगमन गराउने उद्देश्यले सामुदायिक लज संजाल बनाउन सम्भाव्य अध्ययनको लागि डब्लू.डब्लू.एफ. को टोली त्यस तर्फ गएको आयोजना प्रमुख सुजितकुमार श्रेष्ठले बताए।

अध्ययनको लागि गएको टोलीले फर्केेपछि अध्ययनको वास्तविकताको जानकारी दिने बताउदै पर्यटक अन्य हिमाली क्षेत्रमा भन्दा कम आउने गरेको समेत स्वीकारे।

गत १५ बर्ष भित्रमा सबै भन्दा धेरै पर्यटक आर्थिक बर्ष २०५७÷०५८ को अवधिमा ८७३ जना विदेशी पर्यटक भित्रिएका थिए भने सबै भन्दा थोरै आ.ब. २०६१÷०६२ मा १६६ जना भित्रिएका थिए । पछिल्लो तीन बर्षमा पनि उल्लेख्य मात्रामा पर्यटकहरु भित्रिन नसकेको पनि प्रमुख श्रेष्ठले बताए। सन् २००९ मा ५९२, २०१० मा ५५६ र २०११ मा ७०० जना मात्र पर्यटकहरु भित्रिएका थिए । सन् २०११ पर्यटक बर्ष घोषणा गरेको भएपनि ताप्लेजुङमा भने पर्यटक उल्लेख्य मात्रामा नभित्रिएको भन्दै सामुदायिक लज संञ्जाल बनाउन डब्लु.डब्लु.एफ.ले चासो देखाएको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by