Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

माओवादी भारतको ट्रोजन हर्स होः विजुक्छे

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले राष्ट्रपति डा रामबरण यादवले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बर्खास्त गरेर आफ्नै नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई निकास दिनु पर्ने बताएका छन्।

दलहरुवीच लामो समयदेखि रहँदै आएकोे सम्बादहिनता अवस्थाको अन्त्य गर्दै सहमतिको सरकार गठन गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्तर्गत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगकुरा गर्दै विजुक्छेले तत्काल दलहरुसँग छलफल गरेर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राखे।

अहिले समन्वयकारी शक्तिको रुपमा मुलुकमा मिटिङ पोईन्ट राष्ट्रपति रहेकोले सहमति गर्न नसक्ने प्रधानमन्त्रीलाई घोक्रयाएर निकाल्नु पर्ने बताए। उनले अटेर गर्दै सत्तामा टासिएर बसिरहेका प्रधानमन्त्रीलाई पद छाड्न बाध्य बनाउन सन्चारमाध्यम र कर्मचारीहरुले बहिस्कार गर्नु पर्ने तर्क गरे।

प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार जति लामो समय रहन्छ त्यति नै मुलुकको लागि दुर्भाग्य हुने चेतावनी दिदै उनले त्यसबाट मुलुकलाई जोगाउने एक मात्र उपाय राष्ट्रपति भएको तर्क गरे। उनले भने–राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन। अब कदम चाल्नु पर्छ।

उनले संविधानसभा विघटन गराएर अध्यादेशबाट शासन सञ्चालन गरी सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी आगाडि बढेको दावी गर्दै राष्ट्रपतिले चुप नलागी हस्तक्षेप गर्नु पर्ने बताए। उनले भने–समयमा मल नल्याउँदा २८ प्रतिशत खेत बाझै भए यसले २५ प्रतिशत आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्छ। भारतीय सिमाको नो म्यान्स ल्याण्डमा भारतीय सैनिकका क्याम्प राख्न दिदै छ। यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न मिल्दैन। उनले दलहरुले पनि सरकार बर्खास्तको आन्दोलन जनतालाई दुख नदिने गरी बालुवाटार घेरेर प्रधानमन्त्रीलाई काम गर्न नदिन आब्हान पनि गरे।

माओवादीलाई भारतको ट्रोजन हर्सको संज्ञा दिदै उनले भारतको सहयोगमा जनयुद्ध गरेका माओवादीले अहिले पनि भारतकै हितमा काम गरिरहेकोले पनि सो कुरा पुष्टि भएको दावी गरे। उनले भने–जनयुद्धको बेला भारतबाट ट्रकमा हालेर हतियार ल्याएको ड्राईभरलाई मैले नै भेटेको थिए। प्रचण्डलाई भेटदा पहिलो पटक दिल्लीको संसद छेउकै होटलमा भारतीयहरुले नै भेटाएका थिए। दोस्रो पटक पन्जाबमा भेटिएका थिए। भारतको समर्थन नभएको भए प्रचण्ड त्यसरी बस्नै सक्दैन थिए। भारतमै तालिम लिएको पुष्टि भईसकेको छ। अहिले पनि देशका १५ विमानस्थल भारतलाई दिईएको छ। यस्तो पार्टीलाई ट्रोजन हर्स नभने के भन्ने।

उनले यो सरकारमार्फत गुप्तचर, भन्सार, सेना प्रहरीमा आफ्नो मान्छे पसाएर विस्तारै मुलुकनै हडप्ने षडयन्त्र भैरहेको भन्दै यो लामो योजना अन्तर्गत काम भईरहेको दावी गरे। भारतको सिदा खाएकोले नेपाली नेताहरुलाई भारतले हेपेको तर्क गर्दै रोहितले आफूले कसैको सिदा नखाएकोले आफूलाई हेपेर देखाउन चुनौति दिए। उनले आफ्नो पार्टीलाई जनताले प्रतिपक्षमा रहेर भूमिका खेल्न म्याण्डेड दिएकोले आफूहरु सरकारमा नगएको स्पष्ट पार्दै फेरि पनि सरकारमा नजाने र आफूले कुनै पनि सरकारको नेतृत्व नगर्ने बताए।

राष्ट्रपतिले सरकारले पेश गरेको निर्वाचन सम्बन्धी अध्यादेश अस्वीकृत नगरेको भए अध्यादेशबाट मुलुक चल्ने सम्भावना रहेको तर्फ सचेत गराउँदै काम चलाउ सरकारले संसदको निर्वाचन गर्न सके पनि संविधानसभाको निर्वाचन कुनै पनि हालतमा गर्न नसक्ने स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by