गणेश वानिया / एचकेनेपाल डट कम-
दोहा कतार, २२ अगष्ट । मुस्लिम धर्मालम्वीहरुको महान् पर्व इद उल फित्तरको अवसरमा नेपाली जनप्रगतिशील मञ्च कतारको स्वयंसेवक बिभागले बृहत साँस्कृतिक कार्यक्रमसहित रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली पञ्चेवाजासहित सम्पन्न भएको उक्त कार्यक्रम इदको दोश्रो दिन सहानियास्थित महमद अल दोसरी गार्डेनमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रमेश भट्टले सम्पूर्ण उपस्थीतहरुमा इदको शुभकामना व्यक्त गर्दै आत्मियता, भातृत्वको बिकासका लागि सो कार्यक्रमको आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद व्यक्त गर्नु भयो। कार्यक्रममा गार्डेनका मालिक महमद अल दोसरी, रैयान टेलिभिजनका प्रतिनिधी, कतार न्युज एजेन्सीका प्रतिनिधी, कतार टेलिभिजनका प्रतिनिधीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थीत भई सोभा बढाइदिएकोमा गार्डेन मालिक महमद अल दोसरीलाई प्रमुख अतिथि रमेश भट्ट तथा युवा स्वयंसेवक बिभागका संयोजक लाल बहादुर भट्टले खादा ओडाई सम्मान गरेका थिए। कार्यक्रमलाई सम्वोधन गर्दै गार्डेन मालिक महमद अल दोसरीले सम्पूर्ण उपस्थितहरुलाई इदको शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसै गरी नेपाली समाजले कार्यक्रमको आयोजना गर्नका लागि अाग्रह गरे।
नेपाली पञ्चेवाजामा इथियोपियन, इन्डियन, श्रीलंकन नागरिकहरु समेत कार्यक्रममै उपस्थित भएर संगै नृत्य गरेका थिए। सन्तोष खाँडको मैनबत्ति नृत्यले दर्शकहरुको मन छोएको थियो भने कलाकारहरुले दोहोरी गीतमार्फत साँगितिक माहोललाई तताएका थिए।
प्रवासमा देखिएका ठगी दलाली, मानव तस्करी साथै कुलतमा फसेका युवा वर्गहरुलाई सचेत गराउदै अघि बढ्ने हेतुले जनप्रगतिशील मञ्च कतारको मातहतमा युवा स्वयंसेवक बिभाग गठन भएको जानकारी दिदै ठगी दलाली र मानबतस्करीका बिरुद्ध एक जुट हुन सबैमा अपिल गर्दै कार्यक्रमका प्रमुख अतिथि रमेश भट्टले लालबहादुर भट्ट संयोजक र राजेन्द्र देबकोटा सहसंयोजक रहने गरी ७० सदस्यीय युवा स्वयंसेबक बिभागको घोषणा गरिएको छ।
युवा स्वयंसेवक बिभागका संयोजक लाल ब भट्टको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई युबा स्वयंसेबक बिभागका राजेन्द्र देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अन्य अतिथिहरुमा प्रवासी युवा सेवा समाजका अध्यक्ष छम परियार, चितवन सेवा समाजका अध्यक्ष प्रेम परियार, मिलीजुली सहकारीका बिसु परियार, नेपाली जनप्रगतिशील मञ्चका सल्लाहकारहरु रकमध्वज राई, गणेश वानिया, निमलाल कुमाल तथा नेपाली जनप्रगतिशील मञ्चका केन्द्रिय पदाधिकारी, दलित बिभागका कृष्ण परियार,महिला बिभागका संयोजक रोजीना बास्तोला, खेलकुद बिभागका दिल भट्टराई, मधेस तथा मुस्लिम बिभागका जिवछ महतो रहनु भएको थियो । कार्यक्रमलाई नेपाली जनप्रगतिशील मञ्चको मातहतमा रहेको प्रवास दलित एकता संगठन, महिला बिभाग तथा साँस्कृतिक बिभागले सहयोग गरेका थिए।