Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखराका सवै उडान रद्ध, रिले अनसन पनि शुरु

सन्देश श्रेष्ठ, दिननाथ / एचकेनेपाल डट कम-
पोखरा, ७ भदौ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको षड्यन्त्र र ढिलासुस्तीको विरुद्ध आन्दोलनमा उत्रिएका पोखरेलीहरुले विहीवार पोखराबाट हुने सबै उडान बन्द गरेका छन्।

विमानस्थल निर्माण सरोकार समितिको अगुवाईमा जारी आन्दोलनको कार्यक्रम अन्तर्गत पोखराका सवै उडान रद्ध गरेका कारण आज कुनैपनि उडान भएको छैन।

तस्विरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

नेपाल हवाई संघले पोखरामा अन्तर्रािष्ट्रय विमानस्थल निमार्णको लागि सरोकार समितिले आयोजना गरेको आन्दोनका कार्यक्रमलाई ऐक्यवद्धता जनाउदै आजका सवै उडान रद्ध गरेको जनाएको छ। पोखरा—काठमाडौको लागि बुद्ध र यतीको पाँच पाँच र गुणको दुई उडान गरी १२, ताराको पोखरा—जोमसोम ५ र तारा एयरकै पोखरा— डोल्पा १ उडान गरी १८ उडान भोलि शुक्रवार पनि रद्ध गरिएको एयरलायन्सले जानकारी दिएको छ। पोखरा विमानस्थलबाट दैनिक ८ देखि १ हजार यात्रु आवतजावत गर्ने गरेको विमानस्थलले जानकारी दिएको छ।

यसैबीच, उडान ठप्प पार्ने कार्यक्रमलाई सफल पार्नको लागि पोखरा विमानस्थलमा पोखरेलीले विहानैदेखि धर्ना दिईरहेका छन्। विहान ६ बजेदेखि नै पोखरा एयरपोर्टमा जम्मा भएका पोखरेलीहरुको ठूलो भीडले पोखरा एयरपोर्टमा नाराबाजीसहित धर्ना दिईरहेका हुन्।

आन्दोलनलाई अझ शसक्त बनाउन पोखरा विमानस्थल अगाडि पूर्वान्ह १० बजेलेदि १० घण्टे रिले अनसन समेत शुरु भएको छ। पहिलो चरणको रिले अनसनमा सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठसहित ७ जनाले पूर्वान्ह १० बजेबाट रिले अनसन शुरु गरेका छन्।

रिले अनसनमा बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्सायन), पर्यटनविद झलक थापा, चर्चित लोकदोहोरी गायिका हरिदेवी कोईराला, सरोकार समितिका सदस्य आनन्दराज मुल्मी, पर्यटनविद विश्वशंकर पालिखे र अन्तर्राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङ बसेका छन्।

समयसीमाभित्र ठेकेदार कम्पनीसंग सम्झौंता गर्न आलटाल गरेपछि पोखरेलीहरु पोखरा विमान स्थल नबन्ने आंशकामा आन्दोलित भएका हुन्। २०३२ मा ३ हजार १ सय ६ रोपनी विमानस्थलको लागि पोखरा छिनेडाँडामा अधिग्रहण गरिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by