Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संविधानसभा पुनःस्थापना गर्नै पर्छः देउवा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ भदौ । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी गर्न वा अर्को निर्वाचन गर्ने जुनसुकै विकल्पमा जान पनि संविधानसभा पुनःस्थापना गर्नै पर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सहमतिको लागि सुरु गरेको दवाव अभियान अर्न्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारको टोलीसँगको कुराकानीमा देउवाले एमाओवादी, काग्रेस, एमाले र मधेसी मोर्चावीच संविधानका विवादित विषयमा सहमति जुटाएर संविधान जारी गर्न थोरै समयको लागि संविधानसभा पुनःस्थापना गरेर केन्द्रीय संसद, प्रान्तीय संसद र स्थानीय निकायको निर्वाचनमा जानु गतिरोध अन्त्यको सबैभन्दा उपयूक्त विकल्प भएको बताए।

देउवाले नयाँ निर्वाचन गर्न समेत अन्तरिम संविधानको संशोधन गर्नु पर्ने र संविधान संशोधन गर्न पनि संविधानसभाको पुनःस्थापना अनिवार्य भएको भन्दै संविधानसभाको पुनःस्थापना गरेर राजनीतिक र संबैधानिक गतिरोध अन्त्य गर्नु पर्ने धारणा राखे।

उनले भने-६०१ को जम्बो सदस्य, समय र फेरि पनि झगडा गरेर संविधान बनाउँदैनन् कि भन्ने जनतामा आशंका लाग्न सक्छ त्यसको लागि जनतालाई विश्वास दिलाउने गरी संविधान जारी गर्न मात्र दश पन्द्र दिनको लागि संविधानसभा पुनःस्थापना गर्न सकिन्छ।

देउवाले पुनःस्थापना नगर्ने भए संविधानका विवादित विषयमा सहमति जुटाएर जनमतसंग्रहमा गएर अनुमोदन गराउनु पर्ने विकल्प समेत सो अवसरमा प्रस्तुत गरे।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भनाईप्रति आफ्नो कुनै टिप्पणी नरहेको स्पष्ट पार्दै देउवाले भने- प्रचण्डजी अस्ती एउटा कुरा गर्नु हुन्थ्यो, हिजो अर्कै, आज अर्कै र भोलि अर्कै हुन सक्छ त्यसैले उहाँको कुरामा टिप्पणी गर्नु आवश्यक छैन।

उनले दलहरुवीच सहमतिको विकल्प नभएको भन्दै सहमतिको सरकार काग्रेसको नेतृत्वमा बन्नु पर्ने धारणा राखे। नेतृत्व कसले गर्ने त भन्ने जिज्ञासमा देउवाले आफूले पहिलादेखिनै भन्दै आएको बहुमतीय सरकारको नेतृत्व आफूले नगर्ने स्पष्ट पारे। यद्यपि उनले सहमतिको सरकारको नेतृत्वको विषयमा राखेको जिज्ञासमा भने उनले आफूले त्यस विषयमा कुरा नगर्ने प्रतिक्रिया दिए।

माओवादीले मोर्चा निर्माण गर्नु उसको नेतृत्व भएको भन्दै देउवाले काग्रेसले पनि लोकतान्त्रिक गठबन्धन निर्माण गर्न सक्ने बताए। उनले भने-यो नौलो कुरा होईन । यो अधिकार हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by