Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

श्रमिक रेमिटेन्सका प्रमुख कोरियामा

डम्बर सुब्बा / एचकेनेपाल डट कम-
दक्षिण कोरिया। विदेशमा गई खुन र पसिना बगाएर कमाएको पैसालाई सही, सहज, सजिलो र सुरक्षितका साथ वैधानिक तवरले नेपालमा पठाउन सफल बन्दै आएका श्रमिक रेमिटेन्सका प्रमुख आर बी लामा शनिवार कोरिया आई पुगेका छन्।

१ बर्षअघि नबिल बैक र श्रमिक रेमिटेन्सको संयुक्त संयोजनमा कोरियाका केइबी बैकसंगको भएको दुइ पक्षीय सम्झौतापछि लामाको यो कोरिया भम्रण दोस्रो पटक हो।

संचारकर्मीहरूसंग कुराकानी गर्दै श्रमिक रेमिटेन्सका प्रमुख लामा भन्छन् गत बर्ष नबिल बैकसंग मिलेर कोरियाको केइबी बैकसंग सम्झौता गरेका थियो। एक महिनापछि एक बर्ष हुन्छ । त्यस एक बर्षको दौरानमा ५ हजार भन्दा बढि नेपाली श्रमिकहरुले केइबी बैक मार्फत नेपालमा रेमिटेन्स पठाउने कार्य भई सकेको छ, उनले भने राम्रो सफलता पाई रहेको छौ।

यस पटकको मेरो कोरिया भ्रमण भनेको जति सक्दो नेपाली जनसमुदायहरुसंग भेटघाट गर्ने हो उनले भने। हाम्रा नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले खुन र पसिना बगाएर कमाएको पैसा सरल छिटोछरितो र सुरक्षितका साथ आफनो परिवारको हातमा पुगोस भन्न चाहन्छु। उनले १ बर्षको दौरानमा बैकबाट नेपालमा रेमिटेन्स पठाउने क्रममा भएका कमी कमजोरी र गुनासो सुनेर त्यसलाई सुधार गर्दै जाने बताए।

कोरियामा रहेका नेपालीहरुले कोरियाको छिटो छरितो र पारदर्शी विधुतिय बैकिङ्ग कारोबारको तुलनामा नेपाल एकदमै ढिलो र अव्यवस्थितका साथै रेमिटेन्स पठाउदा लाग्ने शुल्क बढी लाग्ने गुनासो गर्दै आएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by