Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपति ज्ञानेन्द्र बन्न खोज्दैछन्: कर्ण

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ साउन । कानूनब्यवसायी समेत रहेका सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राष्ट्रपति डा रामबरण यादव पूर्व राजा ज्ञानेन्द्र बन्ने पथमा उद्यत रहेको भन्दै यस्तै गरिरहे अब धेरै दिन रहन नसक्ने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा कर्णले अध्यादेश जारी नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै राष्ट्रपतिको कदमविरुद्ध माओवादी र मधेसी मोर्चाले संयूक्त रुपमा आन्दोलन गर्ने बताए।

साक्षात्कारमा उनले सरकारले फेरि राष्ट्रपतिले अस्वीकृत गरेको विद्येयक पठाउने जानकारी दिदै त्यसपछि पनि राष्ट्रपतिले फिर्ता गरे आन्दोलन गरेर राष्ट्रपतिलाई हटाउने चेतावनी दिए। कर्णले भने-फेरि अध्यादेश लिएर जान्छौ त्यसपछि पनि फिर्ता गरे राष्ट्रपतिलाई बाँकी राख्दैनौ।

उनले राष्ट्रपतिले असम्बैधानिक कदम चालेर प्रधानमन्त्री हटाउने प्रयास गरे जनताले राष्ट्रपति हटाउने भन्दै त्यस्तो अवस्थामा अर्को निर्वाचनसम्म यहि सरकार रहे पनि राष्ट्रपति भने नरहने ठोकुवा गरे। राष्ट्रपति नयाँ निर्वाचन गर्न दिने पक्षमा नरहेको आरोप लगाउँदै कर्णले राष्ट्रपतिले संविधान अनुसार सरकारले पेश गरेको अध्यादेश फिर्ता गर्नै नसकने ठोकुवा गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by