सन्तोष काफ्ले/ एचकेनेपाल डट कम-
धरान, ३ भदौ । हिन्दू नारीहरुको महान चाडको रुपमा रहेको तीज पर्वलाई पछिल्लो सयमा सामुहिक रुपमा सवै जात जातिका महिलाहरुले मनाउने क्रम बढेको छ।
हिन्दू नारी हरुको मात्र भनिए पनि पछिल्लो समयमा यो पर्वलाई सवै नेपाली महिलाहरुको पर्वको रुपमा सामुहिक रुपमा विविध कार्यक्रमको आयोजान गरि मनाउन थालिएको हो।
फाइल फोटो ।
तीज आउन एक महिना अगाडिदेखि नै तीज सम्बन्धी कार्यक्रमको आयोजना हुन थालेका छन्। धरानमा अघिल्ला वर्ष झै यो पटक पनि फेसन सो, तीज पार्टी लगायतका कार्यक्रम गरेर मनाइने भएको छ। तीज आउन महिना अगावै धरानमा अगामी ४ गते तीज उत्सव २०६९ को आयोजना गरिएको छ। भरखरै गठन भएको धराने महिलाहरुको धरान महिला शक्ति विकास समूह र पिपुल्स सपको संयुक्त आयोजानमा सो उत्सव हुन लागेको धरानमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो।
आफ्नो समूहको प्रचार तथा महिलाहरुमा भगिनत्वको विकास तथा प्रतिभा प्रस्फुटनको लागि उत्सवको आयोजना गरिएको उत्सवकी संयोजक गीता श्रेष्ठले सम्मेलनमा जानकारी दिइन्। यो उत्सवमा महिलाहरुमा जागरण ल्याउन र उनीहरुको भगिनित्वको विकासको लागि आयोजना गरिएको हो उनले भनिन् – यसमा सवै वर्ग तह तप्काका महिलाहरुको सहभागिता रहने छ।
साथै उनले उत्सवमा फेसन सो, जुनियर व्युटिसिन प्रतियोगिता तथा तीज डान्स पार्टीसमेत हुने जानकारी दिइन्। धरानमा रहेर व्युटिसियन तालिम लिएका १६ जना व्युटिसियन महिला तथा तेस्रोलिङ्गीहरुको सहभासगता रहने प्रतियोगिताका विजयीहरुले प्रथम दोस्रो र तेस्रोले क्रमशः नगल ३ हजार र ४५ सय बराबरको उपहार, २ हजार र ३५ सय बराबरको उपहार र १ हजार र २५ सय बराबरको उपहार पाउने सम्मेलनमा जानकारी दिइएयो। १६ जना महिला तथा तेस्रोलिङ्गी मोडलहरुको समभागिता रहने फेसन सोमा क्याजुवल र तीज ड्रेसमा क्याटवोक गर्ने संयोजक श्रेष्ठले बताइन्। उनका अनुसार तीज डान्स पार्टीमा सहभागी हरुमध्येबाट पनि वेष्ट फिगर,वेष्ट डान्स, वेष्ट तीज ड्रेस, वेष्ट श्रृगार र वेष्ट गर गहना लगायतका टाइटलमा आकर्षक उपहारको व्यवस्था गरिको छ।
महिला तथा तेस्रो लिङ्गिहरुले मात्र प्रवेश पाउने कार्यक्रममा प्रवेश शुल्क ६ सय रहेको आयोजकले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस