Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रधानमन्त्री बन्न प्रचण्डले गठबन्धन बनाएका हुनः बैद्य

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ भदौ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्न ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ नामको मोर्चा निर्माण गरेको आरोप लगाएका छन्।

सहमतिको सरकार गठन गरेर मुलुकलाई निकास दिन दवाव दिने उद्धेश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँग कुरा गर्दै किरणले भने-सत्तारुढ गठबन्धन मुलुकको समस्या समाधान भन्दा पनि सत्ताको आयू लम्ब्याउन र आफै कुर्सिमा पुग्न प्रचण्डले बनाएका हुन्।

प्रचण्डसहितका गठबन्धनका दलहरुले पहिचान सहितको संघीयतालाई संविधानसभाको विघटन सँगै छाडिसकेकोले अहिले संघीयताको लागि गठबन्धन भन्नु केवल जनता झुक्याउने चाल मात्र भएको भन्दै सत्ता लम्ब्याएर लुट गर्न मात्रै गठबन्धन भएको दावी गरे।

दलहरुवीच अहिले सहमति बन्न नसक्ने ठोकुवा गर्दै उनले आन्दोलनलाई पनि सँगसँगै अगाडि बढाउनु पर्ने धारणा राखे। उनले भने-तत्काल सहमति हुँदैन। सहमतिको लागि दवाव दिन आन्दोलन पनि अगाडि बढाउनु पर्छ। शान्ति र संविधानका लागि भन्ने प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति र संविधान नै तुहाएर आफू असफल भएको प्रमाणित गरिकेको भन्दै असफल सरकार तुरुन्तै कुर्सिबाट हट्नु पर्ने माग गरे।

अब काग्रेस र एमालेको नेतृत्वमा फेरि सरकार बन्न सम्भव नरहेको भन्दै किरणले अब क्रान्तिकारी शक्तिको नेतृत्वमा सहमतिको सरकार बनेमात्रै मुलुकले निकास पाउने दावी गरे। उनले त्यस्तो सरकारको नेतृत्वमा आफ्नो दलको दावी रहने समेत स्पष्ट पारे।

यद्यपि, बैद्यले आफूले यथास्थितिमा सरकारको नेतृत्व नगर्ने स्पष्ट पारे। उनले भने-अहिलेको स्थितिमा म प्रधानमन्त्री बन्दिन। यो कुडा कर्कटमा जान्न। नयाँ जनवादी सत्ता आयो भने त्यसको नेतृत्व लिन्छु। मैले त्यसैको लागि प्रयत्न गर्ने हो। उनले सत्तारुढ दलले सहमति नबनेसम्म नछाड्ने र विपक्षीले तत्काल छाड्नु पर्ने भनि राखेको अडान निकास भन्दा पनि जिद्दिमात्रै भएको भन्दै यतिवेला सरकार भन्दा पनि जनताको संविधान निर्माण गर्ने कुरा प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने तर्क गरे।

बैद्यले पार्टीले जनयूद्ध सहितका सबै विकल्प खुला राखेर अगामी पुसमा महाधिवेशन गर्ने निर्णय गरिसकेको जानकारी दिदै एकीकृत नेकपा माओवादीसँग एकता र एकताको महाधिवेशन असम्भव रहेको स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by