एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १४ फाल्गुन । यस पटकको मिस मंगोलको उपाधि बाग्लुङकी २४ वर्षीया सपना रोका मगरले जितेकी छन्। शनिवार राजधानीमा सम्पन्न मिस मंगोल प्रतियोगितामा ३१ प्रतियोगीहरूलाई पछि पार्दै उनले ताजसहित ३० हजार रूपैयाँ जितेकी हुन्।
प्रतियोगितामा तेह्रथुमकी १९ वर्षीया नुमा कन्दङ्वा फस्ट रनअरपसहित पर्सनालिटी र मिस फोटोजेनिक उपाधि जितिन्। त्यसैगरी, प्रतियोगितामा भोजपुरकी २१ वर्षीया उषा राई सेकेन्ड रनअरप भइन्। उनीहरूले ताहसहित क्रमशः २० र १० हजार नगद पुरस्कार प्राप्त गरे।
उपाधि विजेता सपना रोका मगर (बीचमा), नुमा कन्दङ्वा वायाँ र भोजपुरकी उषा राई। तस्वीर सौजन्यः इकान्तिपुर