Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सहारा एकेडमिलाई हङकङ र युकेबाट सहयोग

दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, १ भदौ । सहारा एकेडेमि भवन निमार्णको लागि हङकङ र वेलायतबाट सहयोग आउने क्रम जारी रहेको छ। हङकङ र वेलायतबाट प्राप्त २ लाख २१ हजार ४ सय रुपैया सुक्रबार एक समारोहका विच हस्तान्तरण गरिएको छ।

सहारा क्लबका अध्यक्ष विक्रम थकालीलाई नेपालका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका हङकङ निवासी विलबहादुर तामाङले हङकङबाट संकलित १ लाख ३० हजार र वेलायतमा संकलित ९१ हजार ४ सय रुपैया हस्तान्तरण गरेका हुन्।

तस्विरः उमेश पुन / एचकेनेपाल डट कम

एनआरएन वेलायतका अध्यक्ष कुल आचार्यले ५० हजार, वेलायत निवासी क्याप्टेन जीवन कुमार गुरुङबाट ४१ हजार ४ सय, हङकङ निवासी दिपक गुरुङ र विल तामाङको पहलबाट १ लाख ३० हजार प्राप्त भएको हो। आचार्यले यसअघि ५० हजार, क्याप्टेन गुरुङले यस अघि ६० हजार तथा तामाङले यस अघि अफ्नो व्यक्तिगत रुपमा १ लाख सहारा एकेडेमिको भवन निमार्णको लागि सहयोग गरी सकेको क्लबका महासचिव केशव बहादुर थापाले बताए।

त्यसै गरी, पोखरा १० उत्तमचोक बस्ने हाल हङकङ जोर्डनबाट स्वर्गीय चन्द्रकुमारी गुरुङको स्मृतिमा तेज गुरुङले ११ हजार, पर्वतको थाना भगरा हाल हङकङ जोर्डनमा रहेका जीवन गुरुङले ११ हजार, पोखरा एर्यरपोट हाल ईङ लोङ हङकङबाट चेतन गुरुङबाट ११ हजार र लेखनाथ तालचोक हाल हङकङ जोर्डनमा रहेका नेत्रकुमारी गुरुङबाट २२ हजार ५ सय सहयोग प्राप्त भएको हो।

रकम हस्तान्तरण गर्दै पूर्व राष्ट्रिय खेलाडी तामाङले सहारा सामाजिक कार्यमा निस्वार्थ भावले लागेकोले उक्त सहयोग गरेको बताउदै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताए। तामाङले हङकङमा सहारा क्लब गठन गर्ने अन्तिम तयारी भएको समेत खुलासा गरे। उनले विकृति तथा विसङगतिमा लागेका नेपालीहरुलाई विकृतिबाट हटाउने प्रयास स्वरुप उक्त क्लब स्थापना गर्न लागेको प्रष्ट पारे।

क्लबका अध्यक्ष विक्रम थकालीले संचार माध्यमहरुले क्लबको गतिविधिहरुलाई उच्च प्रथामिकता दिएका कारण सहयोग निरन्तर रुपमा सहयोग आएको बताए। हालसम्म सहारा एकेडेमि भवन निमार्णको लागि ९० भन्दा बदी संघ संस्था ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको जारी दिए।

पोखरा–१७ दोविल्लामा निमार्णधिन अबस्थामा रहेको सहारा एकेडेमिको भवन १ करोड २७ लाखमा निर्माण भएको छ। अन्य भौतिक निमार्ण कार्य जारी रहेको क्लबका बरिष्ठ उपाध्यक्ष विरभद्र आचार्यले बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by