Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपालमा विश्व नारी साहित्यिक पर्व मनाइने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३२ साउन । ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले विभिन्न राष्ट्रका १०० नारीस्रष्टालाई नगद र ताम्रपत्रसहित गोमा, प्रेमराजेश्वरी र पारिजातका सम्मानमा स्थापित ‘त्रिनारीरत्न पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

सम्मेलनको समारोह समितिले सम्मेलनमा विश्वभरीका नेपाली-गोर्खाली नारीस्रष्टाकृत पुस्तकहरु पनि प्रदर्शनी गरिने जनाएको छ।

विश्व नारी नेपाली साहित्य सम्मेलनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनका अवसरमा ‘विश्व नारी नेपाली लेखक कोश’को पनि प्रकाशन गरिने जनाएका छन्। कोशमा २०६९ साल चैतसम्ममा न्युनतम एउटा कृति प्रकाशित भएका नेपाली मूलका देशदेशान्तरका नारी स्रष्टाको सङ्क्षिप्त जीवनी रहने छ।

‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को प्रथम बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरु। श्रीमती उषा शेरचन, ललिता दोषी, इन्दिरा शाह, डा.ज्ञानु पाण्डे,कुमार यात्रु, प्रा.डा.गार्गी शर्मा, यादव भट्टराई, सन्ध्या पहाडी, व्याकुल पाठक, इन्दिरा प्रसाई । बिच भाग: उषा हमाल, राजेन्द्र शलभ, श्रीओम श्रेष्ठ, छविरमण सिलवाल, पछाडी : नरेन्द्रराज प्रसाई, फूलमान बल, बालिका गिरी, युवराज नयाँघरे, मणि लोहनी, वासुदेव अधिकारी, ठाकुर बेलबासे, लीला लुइँटेल, शान्तिकुमारी राई, गीता कार्की र बाबा बस्नेत।

समारोह समितिले नेपाली भाषाको विभिन्न विधामा पाँच वटा कृति प्रकाशित गरिने भएको छ। कृतिहरूमध्ये ‘विश्व नारी नेपाली कविता’को सम्पादकमा डा.ज्ञानू पाण्डे र सन्ध्या पहाडी, ‘विश्व नारी नेपाली कथा’को सम्पादकमा इन्दिरा शाह र उषा हमाल, ‘विश्व नारी नेपाली निबन्ध’को सम्पादकमा गीता कार्की र शान्तिकुमारी राई, ‘विश्व नारी नेपाली नाटक’को सम्पादकमा बाबा बस्नेत र ललिता दोषी तथा ‘विश्व नारी नेपाली समालोचना’को सम्पादकमा बालिका गिरी र लीला लुइटेल रहने छन्। कृतिमा विश्वभरीका प्रतिनिधि नारीस्रष्टाका रचनाहरु मात्र समाविष्ट गरिने छन्।

प्रा.डा.उषा ठाकुर, उषा शेरचन र मोमिलाको सम्पादनमा ‘विश्व नारी नेपाली सम्मेलन अभिलेख ग्रन्थ’ प्रकाशित गरिने छ। साथै सम्मेलनका लागि नारी स्रष्टा विषयक बढीमा अन्य २५ वटा कृति प्रकाशन गर्ने पनि बैठकले निर्णय गरेको छ।

समारोह समितिका अध्यक्ष प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा सम्पन्न बैठकले नारीस्रष्टाहरुको पर्व र महोत्सवका रूपमा ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ गर्ने निर्णय गरेको छ।

त्रिमूर्ति निकेतनले २०६६ सालमा पनि प्रथम ‘अन्तर्राट्रिय नेपाली भाषासाहित्य सम्मेलन’को आयोजना गरेको थियो। सम्मेलनमा १३ राष्ट्रका स्थानीय मूलका स्रष्टाको सहभागिता थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by