एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३२ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीको नेतृत्वमा गठन भएको सत्तारुढ गठबन्धनले मुलुकलाई मुडभेडमा फसाएको दाबी गरेका छन्।
माओवादीले कांग्रेस र एमालेजस्ता स्थापित लोकतान्त्रिक पार्टीसँग सहमति गरेर मुलुकलाई निकास दिनुको साटो यी पार्टी विरुद्ध लागि परेकोले मुलुकलाई खतरनाक अवस्थामा पुर्याउने सक्ने् उनले चेतावनी दिए।
सहमतिको सरकार गठन गरेर मुलुकलाई वर्तमान राजनैतिक र संवैधानिक संकटबाट पार लगाउन दबाब दिन रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियानमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधान मन्त्री नेपालले मुलुकमा सहमतिको आवश्यकता भएको अवस्थामा माओवादीले जे जेल्ले समस्या थपिन्छ त्यही काममात्रै गरेकोले समस्या समाधान नभएको आरोप लगाए।
उनले माओवादीले कांग्रेस र एमाले जस्ता स्थापित लोकतान्त्रिक पार्टीसँग सहमति गरेर मुलुकलाई निकास दिनुको साटो एमाले र कांग्रेकका विरुद्ध नै लागि परेकोले यसले मुलुकलाई खतरनाक अवस्थामा पुर्याउने चेतावनी दिए। नेपालले भने-सडकबाट फैसला गर्ने भन्दै एमाले र कांग्रेसलाई चेतावनी प्रचण्डले दिएका थिए। अहिले गठबन्धन निर्माण गरे। यो मुलुककोलागी राम्रो संकेत होईन। हामिलाई जति चुनौति दिए पनि माओवादीले जित्न सक्दैन।
नेपालले माओवादीले सहमतिका लागी विश्वासको बातावरण बनाउनुको साटो गठबनधन बनाई एमाले र कांग्रेसलाई चुनौति दिएर अविश्वास र असहमति बढाउने कार्य गरेको भन्दै अब मुलुक निश्चित रुपमा भिडन्तमा जाने तर्फ सचेत गराए।
माओवादीले अहिलेसम्म बलजफ्ती र जवजस्ती गर्दै आएको उल्लेख गर्दै नेता नेपालले भने, ‘बलजफ्ती र धाकधम्कि दिन सजिलो छ तर त्यो गरेर जित्न गाह्रो छ। विगत देखिनै माओवादीले त्यसो गर्दै आएको छ तर कहिल्यै पनि जित्न सकेको छैन। सधै पछारिँदै आएको छ यो विर्सनु हुँदैन।’
उनले विगतमा जस्तै परिस्थिति विगारेर हस्तक्षेप गर्ने नितिका साथ माओवादीले सहमतिको अवस्था विथोलेको दाबी गर्दै नबुझेर माओवादी गठबन्धनमा गएका दलहरु विस्तारै फर्किने विश्वास पनि ब्यक्त गरे।
उनले भने, ‘माओवादीको भ्रममा केही दलहरु परेका छन्। विस्तारै भ्रम मुक्त भएर फर्किन्छन् । नफर्किए दुख पाउँछन् ।’ माओवादीले आफूहरुको गठबन्धनमा आउने मात्रै सच्चा परिवर्तनकामी भएको भनि भनेको कुरा पन्च नभए नेपाली हुँदैन भन्ने पन्चायत शैलीको पुनराबृत्ति भएको भन्दै यो माओवादीको अर्को अधिनायकबाद शैली भएको दावी गरे।
उनले जनतामा स्थापित एमाले र काग्रेसलाई धम्की दिएर आफ्नो चाहना अनुसारको संविधान जारी गराउने षड्यन्त्रमा माओवादी लागेको दावी गर्दै एमालेले कुनै पनि हालतमा माओवादीको त्यस्तो चाहना पुरा हुन नदिने चेतावनी दिए।
माओवादीको अधिनायकबाद विरुद्ध अब आफूहरुले सबै दलसँग छलफल गरेर संयुक्त भीषण आन्दोलन अगाडि बढाउने चेतावनी दिदै नेता नेपालले प्रधान मन्त्रीको भावी उमेदवारको विषयमा कायम रहेको अन्यौलता हटाएर स्पष्ट रुपमा अगाडि बढ्नु पर्ने बताए। यद्यपि उनले प्रधान मन्त्रीको नाम तय गर्न नसक्नु नै अहिलेको मुल समस्या भने नभएको स्पष्ट पारे।
प्रधान मन्त्रीको बर्हिगमनकोलागी आन्दोलन बाहेक अब कुनै पनि विकल्प बाँकी नहरेको भन्दै प्रधान मन्त्री स्वयमको बुद्धि पलाएर सहमतिकोलागी पद त्याग नगरे आन्दोलनबाट उनलाई हटाउने चेतावनी दिए। उनले भने, ‘ वर्षा सकिन लाग्यो, अब भीषण आन्दोलन हुन्छ । त्यसैले प्रधान मन्त्रीको बुद्धि फिर्काउँछ। अर्को कुनै पनि बाटो छैन।’
मुलुकको प्रधान मन्त्रीले निरिहता ब्यक्त गरिरहेको अवस्थामा गुनासो गर्नुभन्दा पनि पद त्याग गर्नु नै सबैभन्दा बुद्धिमानिपूर्ण कदम हुने भन्दै नेपालले प्रधान मन्त्रीको बुद्धि आफैं नपलाए आन्दोलनबाहेक विकल्प नभएको ठोकुवा गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस