उमेश पुन/ एचकेनेपाल डट कम –
पोखरा, ३१ साउन । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समिति पोखराले बिमानस्थल निर्माणको लागि दबाब दिन बुधबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको छ।
आन्दोलन आन्दोलनको पहिलो कार्यक्रम अर्न्तगत जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीलाई र नेपाल उडड्यन प्राधिकरण पोखरामार्फत नेपाल नागरिक उडड्यन प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौमा ज्ञापनपत्र समेत बुझाएको छ।
ज्ञापनपत्र बुझाउदै पोखरा विमानस्थल र नागरिक उड्डयन कार्यालयमा एक घण्टा घेराउ समेत गरे। पोखराको लेकसाइड र सृजनाचोकबाट सुरु भएको र्याली कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउदै पून र्यालीसहित पोखरा विमानस्थल पुगेर एक घण्टा धर्ना सहित पोखरा विमानस्थलका प्रमुख प्रतावबाबु तिवारीलाई ज्ञापनपत्र बुझाएको थियो।
तस्विरहरूः उमेश पुन / एचकेनेपाल डट कम
प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाउदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माण सरोकार समितिका संयोजक एव पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठले बिमानस्थल निर्माण हुन नदिन षडयन्त्र भइरहेको बताए। कोही कसैको निश्चित स्वार्थको गोटी बनेर राष्ट्रिय स्वार्थलाई तिलाञ्जलि दिने कुकृत्य कसैबाट भए त्यो सह्य नहुने चेतावनी समेत दिए।
उनले विमानस्थल निर्माण कार्यलाई तीव्रता दिन समेत सरकारसंग आग्रह गरे। “राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्माणमा देखा परेको अवाञ्छित ढिलाई र सरकारले स्वीकार गरेको पद्धति विरुद्ध सरकार मातहतको निकायको अनावश्यक आशंकाले योजना सम्पन्न गर्न सहयोग गर्ने छिमेकी राष्ट्र चीनको सदासयता आहत नहोस् भन्न तर्फसचेत हुन आवश्यक छ।” ज्ञापनपत्रमा भनिएको छ।
नागरिक उडडयनको क्षेत्रमा पोखरा क्षेत्रको अन्तर्राष्ट्रिय विमानस्थल स्वयंमा अर्को फड्को भएको उल्लेख गदै प्राधिकरणको लागि आफनो क्षमता र दक्षता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको समेत संयोजक श्रेष्ठले बताए। ब्यवसायिक मर्यादा कायम राख्दै सरकारले स्वीकार गरेको पद्धति सम्मान गर्न तथा बिकेन्द्रीत विकास प्रतिको पूर्वाग्रह र आशंकाट मुक्त भएर योजना सम्पन्न गर्न प्राधिकरण सकरात्मक बन्ने आशा समेत पोखरेलीले गरेको संयोजक श्रेष्ठले बताए।