Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पूर्वमन्त्री खुमबहादुर खड्कालाई डेढ वर्ष कैद

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्कालाई मंगलवार भ्रष्टाचारी ठहर गरेको छ।

न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले खड्कालाई डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सुनाएको हो।

सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउदै उनका समर्थकहरूले अदालत परिसर अगाडि नाराबाजी गरेका थिए। माइती घरमा बा१ज ७६४९ ट्याक्सीमा तोडफोड गरेका थिए भने पुतली सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघका कार्यकर्ता जुझाङ शेर्पासहित तीन जना पक्राउ परेका छन्।

पटक-पटक मन्त्री भएका खड्काले २ करोड ३६ लाख भन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सर्वोच्च अदालतको फैसलापछि खड्कालाई जेल पठाइएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by