Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

४२ स्रष्टालाई त्रिमूर्ति पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २७ साउन । त्रिमूर्ति निकेतनले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि प्रत्यक्ष तथा परोक्ष रुपमा क्रियाशील भई विशिष्ट योगदान गरेका काठमाडौं उपत्यका बाहिरका ४२ स्रष्टालाई ‘त्रिमूर्ति पुरस्कार’ अर्पण गर्ने निर्णय भएको छ।

ताम्रपत्रका साथै जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा असोज ११ गते काठमाडौंमा प्रदान गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्।

‘त्रिमूर्ति पुरस्कार’बाट पुरस्कृत हुनेहरुमा अब्दुल लतिफ शौक (बाँके), आरसी रिजाल (मकवानपुर), काजी रोशन (बागलुङ), श्रीमती कृष्णकुमारी शर्मा श्रेष्ठ (पर्बत), पं.कृष्णप्रसाद वस्ती (धनकुटा), खेमरञ्जन भट्टराई ‘लामिडाँडे’ (खोटाङ), प्रा.डा. गोपाल भण्डारी (सुनसरी), गोपीरमण उपाध्याय (रुपन्देही), गोविन्दराज विनोदी (चितवन), चन्द्रकुमार लिम्बु शेर्मा (पाँचथर), चितवन शिखरवास (चितवन), जङ्गबहादुर शाह (रुपन्देही), जय पाण्डे (मोरङ), पं.टीकाप्रसाद वस्ती (सुनसरी), डिल्लीरमण शर्मा अर्ज्याल (धादिङ), तेजराज खतिवडा (झापा), तेजनारायण शेर्पा (ताप्लेजुङ), दधिराज सुवेदी (मोरङ), नकुल काजी (झापा), निर्मोही व्यास (बारा), प्रेम छोटा (बागलुङ), बालकृष्ण भट्टराई (रुपन्देही), मड्गलकुमार नेपाल (रौतहट), महेश चौधरी (दाङ), माधवराज आचार्य (मोरङ), मान बज्राचार्य (सुनसरी), मोदनाथ शास्त्री (रुपन्देही), रमेश गोर्खाली (पर्सा), राजेश्वर नेपाली (धनुषा), रोहिणीविलास लुइँटेल (झापा), लक्ष्मण नेवटीया (मोरङ), विश्वप्रेम अधिकारी (स्याङ्जा), विश्वराज पाण्डे (मोरङ), सुश्री शन्तु श्रेष्ठ (बागलुङ), शान्तिनारायण श्रेष्ठ (पर्वत), शिवकुमार प्रधान (बागलुङ), शिवप्रसाद दाहाल (झापा), श्रीधर पौडेल (दाङ), सदानन्द अभागी (नवलपरासी), सरोज वली (झापा) र सोमराज अभय (सङखुवासभा) रहेका छन्।

त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न निकेतनको बैठकले सो निर्णय गरेको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by