सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २६ साउन। स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले अहिले राष्ट्रिय समस्याको वाधक सरकार नभएको दावी गरेका छन्।
सद्भावना पार्टीका अध्यक्ष समेत रहेका मन्त्री महतोले अहिलेका समस्या राजनीतिक दलबीचको असमझदारी भएको बताए। सद्भावनाको निकट सद्भावना लिम्बुवान मुत्तिल मञ्चले शुक्रवार धरानमा आयोजना गरेको राष्ट्रिय समस्याको निकासको लागि सर्वपक्षीय महासभामा सम्वोधन गर्दै उनले समस्याको समाधानको लागि संविधान सभाको विकल्प नहेकोमा जोड दिए। जसले जति कराए पनि आन्दोलन गरे पनि सविधान नवेनसम्म मुलुकको समस्याको समाधान नहुने उनले बताए। यसका लागि राजनीतिक दलमा सहमति गरी नया संविधान सभाको निर्वाचनका जानुको विकल्प नरेहको बताए।
सरकार मुलुकको स्थायी समाधानको पक्षमा रहेका भए पनि एमाले काग्रेसको कारण समस्या समाधान हुन नसकेको उनको आरोप थियो। एमाले काग्रेसले पहिचान सहितको संघीयताको पक्षमा नभएका कारण राष्ट्रिय सहमति हुन नसेको उनको भनाई थियो। वर्तमान सरकार सर्वेसर्वा भनेर दावी गरिरेका मन्त्री महतो आदिवासी जनजाति र मधेशीले सरकारको नेतृत्व गर्नु पर्न समेत बताए। उनले वहुमतमा रहको जातिले राज्य संञ्चालन गर्नु पर्नै भए पनि अहिले अल्पमतमा रहेका जातिले गरिहको आरोप लगाए। उनले नेपालका अल्टौ भइरहेको वहुमतले राज्य सञ्चालन गर्ने र्सवमान्य नीति विपरीत अल्पमतले राज्य सञ्चालन गरेको बताए।
कार्यक्रममा सद्भावनाका केन्द्रिय सदस्य सन्तोष मेहेता संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्यलगायतका जनजाति नेताहरुले काग्रेस र एमालेका कारण पहिचान सहितको संघियता स्थापित हुन नसकेको आरोप लगाएका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस