सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २४ साउन । युवा संघ कार्यकर्ताले आफ्नो सवारीमा तोडफोड गरेको भन्दै टेम्फो व्यवसायीले धरान वन्द गरेका छन्।
युवा संघले बुधवार विहान चार घण्टे वन्दका क्रममा वन्दको अवज्ञा गरेका भन्दै एउटा टेम्फोमा तोडफोड गरेपछि आक्रोशित टेम्फो व्यवसायी र चालकले युवा संघको विरुद्ध धरान वन्द गरेका हुन्।
टेम्फो व्यवसायी र चालकले युवा संघको विरोधमा नारावाजी गर्दै वन्द गर्ने क्रममा युव संघका कार्यकर्ताले थप ५ वटा टेम्फोमा तोडफोड गरेपछि धरानमा केह बेर तनावग्रस्त वनेको थियो।
युवा संघले छाता चौका टेम्फो तोडफोड गरेपछि धरानमा तनाव भएको हो। त्यसपछि दुवै तर्फका कार्यकर्ता हातमा लौरो , छड,कटि्टी लगायतका घरेलु हतियार सहित जम्मा भएका थिए। केही बेरसम्म झडप सम्भावना रहेको थियो। छाचा चौकमा युवा संघका कार्यकर्ता र भानु चौकमा टेम्फो व्यवसायी र चालकहरु घरेलु हतियारसहित जम्मा भएका थिए। त्यसपछि धरानमा व्यापक सुरुक्षाकर्मी परिचालन गरिएको थियो।
वन्दका कारण धरानमा यात्रुहरु अलपत्र परेका थिए भने वजार तथा पसल समेत ठप्प हुदा जनजीवन समेत प्रभावित भएको थियो। युवा संघले को १ ह ३०, को १ ह ४१४, को १ ह ४१, को १ ह १४६, को १ ह ३७८, को १ ह ३५६ नम्बरका टेम्फो हरुमा तोडफोड गरेका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस