Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

युवा संघले ३२ गते पुरै दिन नेपाल बन्द गर्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २४ साउन । प्रधानमन्त्रीको राजिनामाको माग गर्दै विहान चार घण्टा नियमित बन्द गर्दै आएको युवा संघ नेपालले अब बन्द एक घण्टा घटाएर नौ बजेसम्म मात्र गर्ने भएको छ।

युवा संघका अध्यक्ष महेश बस्नेतले दोस्रो चरणको आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्दै साउन २६ गते सिंहदरबार घेराउ, साउन २७ गते मुकुण्डो प्रदर्शन, २८ गते मन्त्री निवास घेराउ, २९ गते देशव्यापी मतदान, ३० गते मत सार्वजनिक र जुलुस प्रदर्शन, ३१ गते मसाल जुलुस, ३२ गते नेपाल बन्दका कार्यक्रम सार्वजनिक गरेको छ । साथै सार्वजनिक विदाको दिन सरकारी गाडी चल्न नदिने पनि युवा संघले जनाएको छ। बन्दको समयमा विद्यालयका सवारी साधन सञ्चालनमा अवरोध नगर्ने उनले बताए।

फाइल फोटो ।
उनले आन्दोलनका क्रममा मन्त्री गाडीलाई सडकमा निषेध गरिने बताएका छन्। बस्नेतले भने- आन्दोलनभरि अवैधानिक सरकारका मन्त्रीका गाडीहरुलाई सडकमा निषेध गरिएको छ। जबर्जस्ती गुडेमा मन्त्रीका टाउको पनि फुट्न सक्छ। यसको जिम्मेवार युवा संघ नभई स्वयं मन्त्री नै हुनेछन्।

बस्नेतले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुले विदाको दिन मोजमस्तीका लागि सरकारी गाडीको दुरुपयोग गरिरहेको भन्दै त्यस्ता गाडी खोजी-खोजी कब्जागरी सम्बन्धित निकायमा जिम्मा लगाउने स्पष्ट पारे।

युवा संघले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई गलहत्ताएर सत्ताबाट निकाल्ने चेतावनी दिदै सरकारसँग वार्ता समेत नगर्ने स्पष्ट पारे। हामी वार्तामा जाँदै जाँदैनौं। यो सरकारलाई सत्ताच्युत गराएरै छाड्छौं। उनले युवा संघको आन्दोलनका क्रममा स्कुल र कलेजको गाडीमा अवरोध नगर्ने बताएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by