सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौँ । प्रवासी नेपाली साहित्य समाज बेलायत, ब्रुनाइद्वारा हरेक वर्ष प्रदान गरिदै आएको ‘प्रवासी प्रभात पुरस्कार ०६९’ यस वर्ष वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई प्रदान गरिएको छ।
मंगलबार रिपोर्टस क्लवमा शिक्षामन्त्री दीनानाथ शर्माले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। पुरस्कारको राशी ३१ हजार १ सय रुपैयाँ रहेको छ।
त्यसैगरी, एक मात्र जीवित नेपाली भिक्टोरिया क्रस बिजेता रामबहादुर लिम्बूलाई ताम्रपत्रद्वारा सम्मान गरिएको छ। त्यस्तैगरी, प्रवासमा सक्रिय साहित्यकार केदार सुनुवार संकेतलाई प्रसंशापत्र प्रदान गरि सम्मान गरिएको छ।
वेलायतमा ११ वर्षअघि स्थापित यस समाजले यसअघि वरिष्ठ साहित्यकार कृष्ण धरावासी, गायक तथा संगीतकार गणेश रसिक र नोर्देन तेन्जिङ भुटियासँगै डिबी बम्जनलाई सम्मान गरिसकेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस