सन्तोष काफले / एचकेनेपाल डट कम-
धरान, १४ फागुन। भारीमात्रामा लागू औषधसहित सुनसरीको धरानबाट दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सुनसरीको धरान ७ का १९ बषीर्य अनिस विक (कालिकोटे) र मोरङको विराटनगरस्थित मिल्स एरियाका २९ वर्षीय राजकुमार चौधरी रहेका छन्।
पक्राउ परेका दुवैलाई आइतवार लागू औषधसहित इप्रकाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
उनीहरुलाई शनिवार विशेष सुरक्षाजाँचका क्रममा धरान प्रवेश नाका तीनकुनेबाट लागू औषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
उनीहरुको साथबाट इस्पास्मो प्रोक्सिवन ५ सय ४ थान र नाइट्रोसन १ सय ३० थान बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो।
वि.क. केही समय अगाडिदेखि नै लागू औषध कारोबारमा संलग्न रहँदै आएको र प्रहरीले आफै ग्राहक बनेर उनीसँग लागू औषध माग गरेपछि विराटनगरबाट चौधरीको साथमा लागू औषध लिएर आउँदै गर्दा तीनकुनेबाट उनीहरु दुवैलाई नियन्त्रणमा लिएको विष्टको भनाई छ।
उनीहरुले खुट्टामा बाधेर लागू औषध ल्याउदै गरेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरिएको डिएपी विष्टले बताउनुभयो।
पक्राउ परेका दुवैलाई लागू औषध कारोबार ऐन अन्तर्गत म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो। विष्टका अनुसार पक्राउ रेका चौधरी लागू औषध कारोबार अगाडिदेखि नै संलग्न भएको हुनसक्ने भएकोले थप अनुसन्धान जारी रहेको बताउनुभयो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस