Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बस दुर्घटनामा मर्नेको संख्या १२ पुग्यो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं. २३ साउन । बुटबलबाट काठमाडौंतर्फ आइरहेको यात्रुवाहक बस मंगलवार विहान पृथ्वी राजमार्गको भुमेस्थान गाविस ६ कमेरेडाँडामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

तस्विर सौजन्यः नागरिक । उपचारको क्रममा राममिलन चौधरीको मृत्युपछि मृतकको संख्या १२ पुगेको हो। उनको ठेगाना खुल्न सकेको छैन। दुर्घटनामा ३० जना घाइते भएका छन्।

लु १ ख ७०५१ नम्वरको यात्रुवाहक बस दुर्घटनामा १० पुरुष र २ महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु भएकाहरूमा बलराम चौधरी- कोपुवा ४ कपिलवस्तु, मोहन नगरकोटी- रुद्रपुर २ रुपेन्देही,पार्वती घर्तीमगर- तम्घास ३ गुल्मी, फडिन्द्र सुवेदी- मानपकडी रुपन्देही,शुशिला घर्तीमगर- बुटबल, रञ्जन थापा- पोखरा ६ कास्की, शेर बहादुर थापा- बुटवल १५ भैरहवा, केशव सारु- ठेगाना खुल्न नसकेको, अबध किशोर चौधरी- कपिलबस्तु र ठेगाना खुल्न नसकेको राममिलन चौधरी रहेका छन्।

प्रहरीका अनुसार १० जनाको घटनास्थलमै, एक जनाको उपचारको लागि काठमाडौं ल्याउदै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

विहान करीव ४ बजे बस राजमार्गबाट २ सय मिटर तल महेश खोलामा खसेको हो। दुर्घटनाको कारण थाहा हुन सकेको छैन।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by