एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, साउन २२ । लण्डन ओलम्पिकमा सहभागी हुन लण्डन पुगेको नेपाली ओलम्पिक टोलीलाई सहारा युके, एनआरएन युके, नेपाली समाज युकेलगायतले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ। सोही कार्यक्रममा पहिलो ओलम्पियन भूपेन्द्र सिलवाललाई एनआरएन युकेले एक लाख र सहारा युकेले ५० हजार रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
तस्विरः अजय फुयाल