Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोलोराडोमा कवि गोष्ठी

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका, अन्तर्राष्टिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार कोलोराडोको लेकुटमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो।

गायक मनोज तुलाधर तथा रमीता तुलाधरको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा १२ जना कवि कवयित्रीले आ-आफ्नो कविता वाचन गरेका थिए।

कविता बाचन गर्नेहरुमा बरिष्ठ गायक हिरन्य भोजपुरे, डा. विजयराज शर्मा, आचार्य प्रभा, निर्मल प्याकुरेल, भुपेन्द्र महत, पदम बिश्वकर्मा, उर्मिला भोजपुरे, मीना पौडेल, हरी अधिकारीलगायतका कवि कवयित्रीथिए। कार्यक्रममा मनु ब्राजाकीले पठाउनु भएको कविता पनि वाचन गरेर सुनाईएको थियो।

तस्वीरः नातिबाबु भट्ट / एचकेनेपाल डट कम

हाईकु, गद्य, पद्य,सिंगारिक जस्ता शैलीहरुमा बाचन गरिएका अधिकांश कविताहरुमा नेपालको विगत र बर्तमान स्थिति झल्काउन खोजिएको थियो। मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा पुगेपनि, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने दृश्य यहां प्रष्ट देख्न सकिन्थ्यो। कतिपय कवि कवयित्रीले नेपाली दाजुभाईदिदी बहिनीले अहिले भोग्नु परेको पीडा, नेताहरुको मनोमानी ज्यादै मार्मिक तरिकाले कवितात्मक शैलीमा प्रस्तुत गरेका थिए।

अन्तर्राष्टिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक मनोज तुलाधरले जहां छन् बुद्धका आंखा भन्ने मार्मिक राष्ट्रिय गीत गाएर श्रोताहरुलाई एकछिन स्तब्ध पारेका थिए।

नेपाली जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभापति विश्वकर्मा बताए। हामी अहिले पश्चिमी संस्कृतिमा भुलेर बस्ने हो भने बिदेशमा रहेका हाम्रा सन्ततीले भोलि पुर्खा जन्मेको देशनै बिर्सने उनको दावी थियो।

हरेक महिनाको अन्तिम शनिवार आयोजना गरिने साहित्य संगम कविगोष्ठी कोलोराडोमा नियमित हुनेगरेको प्रमुख साहित्यिक कार्यक्रम हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by